बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

विज्ञानलाई आत्मसात गर्नुपर्छ : प्रचण्ड

शुक्रबार, ०६ भदौ २०७६, ११ : १०
शुक्रबार, ०६ भदौ २०७६

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता प्रकृया लगभग टुङ्गिएको बताएका छन् । 

ललितपुरमा शुक्रबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टी एकतामा केही ढिला भएपनि धेरै कामहरु सकिएको बताएका हुन् । 

‘पार्टी एकता केही ढिलो त भयो तर, करिवकरिव टुङ्गिएको छ । अव समाजवादउन्मुख गराउने प्रकृयामा हामी लागेका छौ’प्रचण्डको भनाई छ । प्रचण्डले बैज्ञानिक र विज्ञानसँग आत्मसात गर्नसक्नुपर्ने भन्दै विज्ञानलाई आत्मसाथ गरेर अघि बढेमात्रै प्रतिक्रन्ति र प्रतिगमनलाई परास्त गर्न सकिने बताए ।

उनले कम्युनिष्टहरुमा बैचारिक विचलन आउन थालेकोमा चिन्ता प्रकट गरे । ‘कम्युनिष्टहरुमा बैचारिक विचलन आएको छ । सामुहिकता भन्दा व्यक्तिगत निर्णयणतर्फ केन्द्रीत भएको महशुस भएको छ । यसलाई परिवर्तन गर्नुपर्छ’ प्रचण्डको भनाई छ । 

उनले कम्युनिष्टहरु सत्तामा नपुग्दासम्म जनताको पक्षमा लाग्ने भएपनि सत्तामा पुगेपछि त्यसलाई विर्सदै जाने प्रवृति आएको भन्दै राष्ट्र र जनताको चाहाना के हो ? कार्यशैली के हुने हो भन्ने विर्सेर विस्तारै–विस्तारै वुर्जुवा शैलीतर्फ जान थालेकोप्रति आफुलाई चिन्ता लागेको बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप