शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भक्तपुरको चारदोबाटोमा मोटरसाइकल र स्कुटर ठोक्कियो, चालकको मृत्यु

शुक्रबार, ०६ भदौ २०७६, १२ : ४३
शुक्रबार, ०६ भदौ २०७६

भक्तपुर– भक्तपुरमा शुक्रबार बिहान भएको सडक दुर्घटनामा एक युवकको मृत्यु भएको छ ।  मध्यपुरथिमि नगरपालिका वडा नम्बर ४ चारदोबाटोमा भक्तपुरबाट काठमाडौं जादैं गरेको बा. ७३ प ९७२१ नम्बरको मोटरसाइकल र कोरियामैत्री अस्पतालबाट रोजभिलेज तर्फ जाँदै गरेको बा.६७ प ६७५४ नम्बरको स्कुटर एक आपसमा ठोक्किएका छन् । 

उक्त दुर्घटनामा दुबैतर्फ सख्त घाइते भएकोमा मोटरसाइकल चालक मध्यपुर ५ का २२ वर्षका राजेश गोजाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । स्कुटर चालक प्रविण लोहलाको उपचार भइरहेको र यसबारेमा थप अनुसन्धान भइरहेको समेत प्रहरीको भनाई रहेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप