शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

श्रीकृष्ण जन्माष्टमीको अवसरमा मट्का फोड्ने प्रतियोगिता (फोटोमा हेर्नुहोस् )

शुक्रबार, ०६ भदौ २०७६, १६ : ४७
शुक्रबार, ०६ भदौ २०७६

भाद्रकृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व शुक्रबार भगवान् श्रीकृष्णको पूजा आराधनासहित गरी मनाइँदैछ ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो ।

दुर्जनको विनाश गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको आठौँ गर्भका रुपमा श्रीकृष्णको जन्म भएको शास्त्रमा वर्णन गरिएको छ ।

श्रकृष्ण जन्माष्टमी मनाउने क्रममा कतिपय स्थानमा कृष्णका भक्तहरुले माटोको भाडो फर्ने गर्दछन् । यसै अवसरमा काठमाडौंको सामाखुसी चिल्डे«न पार्कले सामाखुसीमा ‘मट्का फोड’ अर्थात माटोको भाडो फुटाउने प्रतियोगिता आयोजना गर्यो ।

यस कार्यक्रममा माटोको भाडो उचाइमा झुण्ड्याइन्छ र त्यो फोर्न प्रतिस्पर्धा चल्ने गर्छ ।

तस्विरहरु हेर्नुहोस् :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप