शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

तस्विरमा हेर्नुहोस् राजधानीमा गौरा पर्वको रौनक

शुक्रबार, ०६ भदौ २०७६, १६ : ५७
शुक्रबार, ०६ भदौ २०७६

आज गौरा पर्व पश्चिम क्षेत्रका जनताले धूमधाम साथ मनाइरहेका छन् ।

भाद्र शुक्ल अष्टमीका दिनमा मनाइने गौरा पर्वमा उमामहेश्वरको पुजा गर्ने चलन छ । गौरालाई यो क्षेत्रका मानिसले ऐतिहासिक मौलिक पर्वका रुपमा पनि मनाउने गर्दछन् ।

आज राजधानीमा सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्रबाट आइ बसोबास गर्नेहरुले टुडिखेलमा जम्मा भइ गौरा पर्व मनाएका छन् । पौराणिक कालमा सत्य युगमा हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी वर्षा ऋतुको भाद्र महिनामा जल, जङ्गल, जमिन र जनावरको डर नमानी तपस्या गरेपछि मनोकामना पूरा भएको सम्झनामा देशको पश्चिम क्षेत्रमा यो पर्व मनाउन शुरु गरिएको संस्कृति विद्हरुको भनाइ छ ।

देशका अन्य भागमा महिलाहरुले तीज मनाएजस्तै पश्चिममा यो पर्व विशेष गरी नारीहरुले मनाउने गरेका छन् । भाद्र शुक्ल अष्टमी अगाडि नै अगस्ति ऋषिको उदय भएको अवस्थामा भने भाद्र कृष्ण अष्टमी अर्थात् श्रीकृष्ण जन्माष्टमीकै दिनमा गौरा पर्व मनाउनु पर्ने शास्त्रीय मान्यता रहेको छ । गौरा पर्वमा महिलाहरुले आफ्नो परम्परा अनुसार नाच गान भजन गर्ने चलन छ ।  यो दिनमा सुदूरपश्चिमबासीहरु देउडा गीत गाएर नृत्य गरी रमाइलोसमेत गर्ने गर्दछन् ।

काठमाडौँको टुँडिखेलमा पनि आज दिन देउडा गीत र नृत्य गरी सुदूरपश्चिमबासीहरुले देउडा नाचेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप