केन्द्रीय संस्करण

नेपाल प्रहरीको सहप्रवक्तामा जोशी

person explore access_timeभदौ ६, २०७६ chat_bubble_outline0

काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उमेशराज जोशीलाई केन्द्रीय प्रहरीको सहप्रवक्ता तोकेको छ । 

प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ र तथ्यगतरुपमा जानकारी दिने उद्देश्यले जोशीलाई सहप्रवक्ता तोकिएको प्रहरी प्रधान कार्यालयले आज जनाएको छ । 

यसैबीच प्रहरीले खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न तीन हजार ८३१ का लागि नयाँ भर्ना दर्खास्त आह्वान गरेको छ ।

प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदका लागि राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज, महानगरीय प्रहरी परिसर काठमाडौँ, भक्तपुर र ललितपुर, सातवटै प्रदेश प्रहरी तालीम केन्द्र तथा ७४ वटै जिल्ला प्रहरी कार्यालयमा दर्खास्त बुझाउन सकिने प्रहरीले जनाएको छ । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...