बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरएन महासचिव डा केसीद्वारा उपाध्यक्षमा उम्मेदवारी घोषणा

शुक्रबार, ०६ भदौ २०७६, १८ : ४०
शुक्रबार, ०६ भदौ २०७६

काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएन)का महासचिव डा बद्री केसीले आगामी कार्यकालका लागि उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । एनआरएनको नवौं विश्वसम्मेलन आगामी अक्टोबर १५ देखि १७ सम्म काठमाडौंमा हुँदैछ ।
२००३ देखि एनआरएन अभियानमा होमिएका २००७ सम्म आईसीसी रुसको साधारण सदस्य रहे ।  त्यसपछि २००७ देखि ००९ सम्म आईसीसी रुसको महासचिव भएर काम गरेका उनी २००९ देखि भने अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) प्रवेश गरे । २००९–२०११, २००११–२०१३ गरी दुई कार्यकाल आईसीसी सदस्य रहेका उनी २०१३–२०१५ मा भने कोषाध्यक्ष चयन भए । त्यसपछि २०१५ देखि २०१९ सम्म दुई कार्यकाल महासचिव  रहेका उनले अहिले आएर उपाध्यक्षमा उम्मेदवारी दिन लागेका हुन् । 

हाल उनी अन्तर्राष्ट्रिय समन्वय परिषदको  नीति निर्माण समिति कार्यदलको संयोजक समेत रहेका छन् । यस्तै उज्यालो नेपाल, आर्थिक सुदृढता कार्यदल, राष्ट्रिय उत्पादन प्रवर्द्धन समिति लगायतमा रहेर काम गरेको अनुभव पनि उनीसँग रहेको छ । 
अमृत साइन्स कलेजबाट १९९० मा आईएस्सी गरेका उनले १९९६ मा बायो टेक्नोलोजीमा रुसको मस्कोबाट इन्जिनियरिङ गरेका हुन् ।  त्यसपछि बायो टेक्नोलोजीमै मस्कोबाट २००१ मा पिएचडी समेत गरेका उनले २००९ मा मस्को स्टेट यूनिभर्सिटीबाट ईएमबीए पनि गरे । उनको रसिया र नेपालमा विभिन्न क्षेत्रमा लगानी रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप