शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रदेश र स्थानीय तहका लागि माग गरेजति रकम समायोजन गरिने

शुक्रबार, ०६ भदौ २०७६, २० : १६
शुक्रबार, ०६ भदौ २०७६

काठमाडौं-सरकारले प्रदेश र स्थानीय तहलाई माग गरे अनुसारको रकम समायोजन गर्ने भएको छ । अर्थमन्त्रालयमा शुक्रबार बसेको अन्तर सरकारी वित्त परिषद्को चालु आर्थिक बर्षको पहिलो बैठकले प्रदेश र स्थानीय तहले माग गरे अनुसार वित्तिय समानिकरण र अनुदानको रकम  समायोजन गर्ने निर्णय गरेको हो । यस सम्बन्धी प्रस्ताव अर्थमन्त्रालयले मन्त्रिपरिषद्को बैठकमा लैजाने निर्णय पनि बैठकमा भएको छ । मन्त्रालयमा भएको  छलफलपछि  हाम्रा संवाददातासँग कुरा गर्दै प्रवक्ता उत्तर कुमार खत्रीले मन्त्रिपरिषद्ले गर्ने निर्णय पछि प्रदेश र स्थानीय तहले वित्तिय समानिकरण र अनुदान रकमका लागि गरेको गुनासो हट्ने विश्वास व्यक्त गरे ।

बैठकमा संघ, प्रदेश र स्थानीय तहमा लगाईएका कर तथा शुल्कहरुको कार्यान्वयनमा देखिएका समस्या बारे बृहत छलफल भएको छ । तीनै तहका सरकारले लगाएका कर असुलीमा देखिएको समस्या, राजश्व र खर्चको लेखाविधि र त्यसको प्रतिवेदन प्रणाली लगायत विषयमा पति छलफल भएको छ । विशेष गरेर बजेट कार्यान्वयनमा देखिएका अन्तर सरकार र अन्तर निकायगत समस्याहरुको समाधान खोज्ने विषयमा बैठक केन्द्रीत भएको थियो ।

बैठकमा प्रदेश नम्बर ५ का मुख्यमन्त्री तथा आर्थिक मामिला तथा योजना मन्त्री एवं अन्य प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीहरु लगायत परिषद्का सबै सदस्यहरु  र विज्ञहरुले वित्तीय संघीयता कार्यान्वयनमा देखा परेका समस्या र समाधानका उपाय बारे धारणा राखेका थिए । त्यसैगरी अर्थमन्त्रालयका सचिव राजन खनालले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका तत्कालीन र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले वित्त हस्तान्तरण तथा रोयल्टी बाँडफाँडका सम्बन्धमा धारणा राखेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप