शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

राजस्व वृद्धिदर बढी देखाउने आधार घटाइयो

शनिबार, ०७ भदौ २०७६, ०७ : ३३
शनिबार, ०७ भदौ २०७६

राजस्व वृद्धिदर उच्च देखाउन अर्थ मन्त्रालयले २०७४/७५को राजस्वको आधार नै घटाएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा २०७४/७५ मा ७ खर्ब १ अर्ब ९ करोड रुपैयाँ राजस्व संकलन भएको देखाइएको छ । 

राजस्व संकलनको आधार नै घटाइएकाले २०७५/७६ संकलन भएको ८ खर्ब ५९ अर्ब ५९ करोड रुपैयाँको राजस्व त्यसभन्दा अघिल्लो वर्षको तुलनामा २२.६१ प्रतिशतको वृद्धिदर हुन आउँछ । 

यथार्थ वृद्धिदर कति ? 

आव २०७४/७५ समाप्त भएसँगै ७ खर्ब ३२ अर्ब २३ कारेड रुपैयाँ राजस्व संकलन भएको अर्थमन्त्रालयले सार्वजनिक गरेको थियो । अहिले वार्षिक तथ्यांकको तुलना गर्दा २०७४÷७५ को राजस्वको वृद्धिदर उच्च देखाउन खोजिएको छ । २०७४/७५ को राजस्व लक्ष्यको प्राविधिक रुपमले पुगेको महालेखा नियन्त्रक कार्यालयले देखाएको छ । 

यो समाचार अन्नपूर्ण दैनिक मा पुष्पराज आचार्यले लेखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप