गुठीले हडप्यो पशुपतिको जग्गा
शनिबार, ०७ भदौ २०७६, ०७ : ५०
राणाकालमा लालमोहर लगाएर पशुपति गुठीलाई दिइएको काठमाडौँ सिफलको आठ रोपनी ११ आना जग्गा गुठी संस्थानले हडपेको छ । संस्थानले उक्त जग्गा लिजमा लगाउन सञ्चारमाध्यममा सूचना सार्वजनिक गरेपछि पशुपति क्षेत्र विकास कोषले आपत्ती जनाएको छ ।
सार्वजनिक जग्गा व्यक्तिले हडपेको दर्जनौं समाचार आइरहँदा एउटा सरकारी निकायले पशुपति क्षेत्र विकास कोषको जग्गा हडपेको सार्वजनिक भएको हो ।
पशुपति मन्दिरमा फूल चढाउनका लागि पाँच गुठीले १९९३ सालमा चार रोपनी १२ आना जग्गा चार किल्ला खुलाई पशुपति जुठीलाई दिएको कोषको भनाइ छ । राज परिवारले पाँच सरकार गुठी, राणाले दिने तीन सरकार गुठी र सर्वसाधारणले दुनियाँ गुठीका नाममा जग्गा दिने प्रचलन थियो ।
यो समाचार अन्नपूर्ण पोष्ट्मा गोपीकृष्ण ढुंगानाले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै