शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सुन्दै पनि डरलाग्दा विचित्रका प्राग ऐतिहासिक भयानक जीवहरु

शनिबार, ०७ भदौ २०७६, ०८ : २४
शनिबार, ०७ भदौ २०७६

 कल्पना गर्नुहोस त–उभिई उभिई रुखको टुप्पोको पात खाने जनावार, दाँत भएको चरा, झ्याप्प शरीरभरि रौं भएको गैडा, ४ मिटरभन्दा लामो सिंग भएको मृग, हात्तीभन्दा अग्लो र ठूलो चरा यस पृथ्वीमा भए कस्तो हुन्थ्यो होला ? तपाईं हामी यस्तो जीव हुन्छ भनेर अहिलेको युगमा कल्पना पनि गर्न सक्दैनौं । तर प्राचीन युगमा यस पृथ्वीमा यस्ता विचित्र विचित्रका जीवहरु पनि पाइन्थें ।

आउनुहोस्, यस पृथ्वीबा६ लोप भइसकेका त्यस्ता विचित्र खालका केही जीवहरुको संक्षिप्त परिचय प्राप्त गरौं ।

डाइमेट्रोडोन (Dimetrodon)

यो जीव मूलत: सरीसृप अर्थात् घिस्रेर हिँड्ने खालको थियो । तर यसमा स्तनपायी जीवको लक्षण  पनि पाइन्थ्यो । यो जीव आजभन्दा लगभग २७ करोड वर्ष पहिले यस पृथ्वीमा अस्तित्वमा थियो ।

https://images.newscientist.com

आकारमा ३ मिटर लामो यो जीवको स्तनपायी जीवको जस्तो दाँत र सरीसृपहरुको जस्तो छाला हुन्थ्यो । यसको ढाडको हड्डीदेखि पूरै शरीरभरि लामो कपाल जस्तो झिल्ली हुने गर्थ्यो, जसले यो जीवलाई शरीरको तापमान नियन्त्रण गर्न मद्दत गर्थ्यो । त्यसका साथै, यो झिल्ली डाइमेट्रोडोनलाई हावा, घामबाट रक्षा गर्नको लागि आवश्यक दिशामा झुक्थ्यो । हेर्दैमा डरलाग्दो दाँत भएको यो जीव हिंस्रक मांसहारी थियो ।

राक्षस कंगारु

    अहिलेको कंगारुहरुको पूर्वज मानिएको यो कंगारुलाई प्राकोपटोडा (Procoptoda) भनिन्छ ।

Photo: http://www.prehistoric-wildlife.com

यो कंगारु पनि अहिलेको कंगारु जस्तै स्तनपायी नै थियो र अस्ट्रेलियामा नै पाइन्थ्यो । यो कंगारु आकारमा अहिलेको कंगारु भन्दा लगभग दुई गुना बढी अर्थात ३ मिटर अग्लो थियो ।

राक्षस चरा (Monster bird)

https://nwgeology.files.wordpress.com/

आजभन्दा ५ करोड वर्ष पहिले यस पृथ्वीमा पाइने यो चरालाई डायट्रिमा (Diatryma)  भनिन्छ । यो चरा अहिले पाइने अफ्रिकी हात्तीभन्दा केही अग्लो अर्थात् ३ मिटर अग्लो हुन्थ्यो । स–सानो स्तनपायी जनवारहरुलाई आफ्नो आहारा बनाउने यो चरा उड्न भने सक्दैनथ्यो । यो प्रजातीको चरा आजभन्दा चार करोड वर्ष पहिले यस संसारबाट लोप भएको थियो ।

विशालकाय स्तनपायी (Giant mammal)

 

https://i.pinimg.com/originals

उभ्भिई उभ्भिईकन नै रुखको टुप्पोको पात खान सक्ने जनावर पनि एक जमानामा यस पृथ्वीमा थियो । यो जानवर ८ मिटरसम्म अग्लो र ११ मिटरसम्म लामो हुन्थ्यो । यो जनावरलाई प्रागऐतिहासिक राइनोसर्स (prehistoric rhinoceros)  अथवा बलूचीथीरियम (baluchitherium)  पनि भनिन्छ । यो जनावर आजभन्दा लगभग अढाई करोड वर्ष पहिले यस पृथ्वीमा पाइने स्तनपायी जनावारहरुमध्ये सबैभन्दा अग्लो स्तनपायी थियो ।

४ मिटर लामो सिंग भएको मृग

https://render.fineartamerica.com

प्राग ऐतिहासिक कालमा ४ मिटर लामो सिंग भएको मृग पनि पाइन्थ्यो । यो मृगलाई मेगलोसेरेस (megaloceros)  भनिन्छ । यस्तो सिंग भाले मृगमा मात्र हुन्थ्यो । हड्डीले बनेको यो सिंग प्रतिवर्ष झरेर नयाँ पलाउँथ्यो । यो मृगले आफ्नो विशाल सिंग पोथीलाई जित्नका लागि हुने भीडन्तमा तथा हिंस्रक जनावरहरुबाट आफ्नो प्रतिरक्षा गर्नका लागि उपयोगमा ल्याउँथ्यो ।

डाइनोथेरियम (Deinotherium)

https://live.staticflickr.com

आजभन्दा डेढ करोड वर्ष पहिले यो हात्ती यस पृथ्वीमा पाइन्थ्यो । लगभग ५ मिटर अग्लो यो हात्तीको दाँह्रा (tusks)  अहिलेको हात्तीको जस्तो अगाडितिर गएको नभएर त्यसको छातीतिर मोडिइएको हुन्थ्यो ।

तीखो दाँत भएको बिरालो

आजभन्दा ६० लाख वर्ष पहिले यस पृथ्वीमा अत्यन्तै लामो, तीखो र धारिलो दाँत भएका, बिरालो प्रजातीका भयानक जनावरहरु पनि पाइन्थे । ती दाँत यति धारिला हुन्थे कि त्यसले हात्तीको मोटो छालालाई पनि सजिलै चिर्न सक्थ्यो । यी बिरालाले आफ्नो दाँत तीखो बनाईराख्न रुखको बोक्रामा घोट्ने गर्थ्यो ।

https://i2-prod.mirror.co.uk/incoming

यस्ता धारिलो दाँत भएको (sabre-toothed) जानवार कैयन जातीका हुन्थे । यो जनावर २.५ मिटर सम्म लामो हुन्थ्यो ।

जमीनमा बस्ने विशालकाय स्लथ (Gaint ground sloth)

आजभन्दा १५००० वर्ष पहिले दक्षिण अमेरिकामा एउटा विशाल स्लथ पाइन्थ्यो, जसलाई मेगाथेरियम (megatherium)  भनिन्छ ।

https://cdn.britannica.com

यो स्लथको शरीर लगभग ६ मिटर लामो र ३ मिटर अग्लो हुन्थ्यो । यसका खुट्टाहरु  लामो र ठुला हुन्थे र अगाडिको खुट्टामा लामो लामो नङ्ग्रा (claws)  हुन्थ्यो ।

दाँत भएको चरा

वैज्ञानिकहरुका अनुसार एक जमानामा पृथ्वीमा ठूलो हिमयुग आयो । हिमयुगका कारण यस पृथ्वीमा लाखौं वर्षदेखि शासन गरिरहेका डाइनोसर, टेरोडेक्टाइल र प्लायोसरसहरु अचानक मासिन पुगे ।  त्यस युगमा आफूलाई युगानुकूल परिवर्तन गर्न सक्ने केही प्राणीहरु मात्र बँच्न सके । तीमध्ये केही प्राणीहरु यस्ता थिए, जसको शरीरमा चराहरुको जस्ता भुत्लाहरु उम्रन थालेका थिए, जसको मद्दतले उनीहरु आफूलाई अति चिसोबाट बचाउन सक्थे । तिनै जीव नै आजभोलिका चराहरुका पुर्खा थिए ।

https://ichef.bbci.co.uk

यसप्रकारका सरीसृपहरुबाट नै पंक्षीको विकास भएको थियो । यस संसारमा सबैभन्दा पहिलो पंक्षी आरकियोप्टेरिक्स (Archaeopteryx)  थियो । पन्ध्र करोड  वर्ष पहिले यस पृथ्वीमा पाइने यो चरा आजभोलिक चराभन्दा नितान्त भिन्न थियो । यसको पखेटा चाहिँ चराहरुको जस्तै थियो तर यसको मुखमा दाँत हुन्थ्यो भने पखेटामा पनि पञ्जा हुन्थ्यो । फेरि यसको पुच्छरमा प्वाँख मात्र हैन, हड्डी पनि हुन्थ्यो ।

यो पंक्षीको पखेटा भए पनि आजभोलिका चराहरु जस्तै स्वतन्त्रतापूर्वक र लामो समयसम्म उड्न सक्दैनथ्यो । यसले आफ्नो पखेटा हावामा ग्लाइड गर्नका लागि मात्र प्रयोग गर्थ्यो ।

उनी गैडा (wooly rhinos)

https://images.earthtouchnews.com

अहिलेको गैडाको शरीरमा रौं हुदैन । तर आजभन्दा २० हजार वर्ष पहिले यस पृथ्वीमा यस्तो गैडा पनि पाइन्थ्यो, जसको शरीरमा झ्याप्झ्याप्ती रौं हुन्थ्यो ।

यो जीव शाकाहारी थियो । यसको टाउकोमा दुई वटा लामो सिंग हुन्थ्यो, जसको प्रयोग हिंस्रक जनावारहरुबाट आफ्नो रक्षागर्नको लागि गर्ने गर्थ्यो । प्राचीन कालका मानवहरुले मासु र भुत्लाको लागि यसको शिकार गर्ने गर्थे ।

गुफामा बस्ने भालु (Cave Bear)

आजभन्दा ७० हजार वर्ष पहिले यो भालु यस पृथ्वीमा पाइन्थ्यो । यो भालुको आकार नाकदेखि  पुच्छारसम्म ३ मिटर लामो हुन्थ्यो ।

https://a57.foxnews.com/media2.foxnews.com

सर्वभक्षी (omnovoreus) अर्थात् मासु र बनस्पति खाने यो भालु अत्यन्तै शक्तिशाली हुन्थ्यो तर आफ्नो शिकार पक्रनका लागि यो भालु तीब्र गतिमा दौडन भने सक्दैनथ्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप