शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पुरुषको बेवारिसे शव फेला

शनिबार, ०७ भदौ २०७६, ०९ : ०५
शनिबार, ०७ भदौ २०७६

निकेश खनाल

बर्दिवास । महोत्तरीको औरहीमा शुक्रवार बेलुका एक पुरुषको बेवारिसे शव भेटिएको छ ।

नाम थर, ठेगाना खुल्न नसकेको अन्दाजी ४५ वर्षको जस्तो देखिने शव स्थानीय जंघा नदीको छेउमा फेला परेको हो ।

निलो रङ्गको हाफपाइन्ट लगाएको र शरीरको माथिल्लो भागमा कपडा नलगाएको युवकको शव रहेको घटनास्थलको प्रकृति हेर्दा अत्याधिक मात्रामा मदिरा सेवनको कारणले मृत्यु भएको हुनसक्ने महोत्तरी प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।

मृतकको शवलाई पोष्टमार्टमको लागी शुक्रवार महोत्तरी जिल्ला अस्पताल जलेश्वर लगिएको प्रहरीले जनाएको छ ।

घटनावारे थप अनुसन्धान भइरहेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप