बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

सेभिया ला लिगाको शीर्ष स्थानमा

शनिबार, ०७ भदौ २०७६, ०९ : ४०
शनिबार, ०७ भदौ २०७६

एजेन्सी । सेभियाले स्पेनिस ला लिगा फुटबलमा लगातार दोस्रो जित निकाल्दै शीर्ष स्थान कब्जा गरेको छ ।

लिग अन्तर्गत शुक्रबार राति भएको खेलमा सेभियाले ग्रानडालाई १–० गोलले हरायो । 

प्रतिस्पर्धात्मक खेलमा सेभियाको जितमा जोन जोर्डनले ५२औँ मिनेटमा गरेको गोल निर्णायक बनेको थियो ।

जितसँगै सेभियाले दुई खेलबाट ६ अंक बनाएको छ । ग्रानडाको समान खेलबाट एक अंक छ । 

ला लिगाकै अर्को खेलमा लेभान्तेले भिल्लारियललाई २–१ गोलले पराजित गरेको छ ।

घरेलु मैदानमा लेभान्तेले दुवै गोल पेनाल्टी मार्फत गरेको थियो । लेभान्तेको जितमा रोजर मार्टीले दुवै गोल ६८औं र ७३औं मिनेटमा पेनाल्टीमा गरेका थिए । 

यसअघि भिल्लारियलका जेरार्ड मोरेनोले खेलमा सुरुवाती गोल गरेका थिए । भिल्लारियलले दोस्रो हाफमा थप गोल फर्काउन नसक्दा हार खेप्यो । 

लिगमा पहिलो जितसँगै लिभान्तेले तीन अंक बनाएको छ । भिल्लारियलले दुई खेलबाट एक अंक बनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप