बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एभर्टनलाई एस्टन भिल्लाको झट्का

शनिबार, ०७ भदौ २०७६, ०९ : ४१
शनिबार, ०७ भदौ २०७६

एजेन्सी । इङ्लिस प्रिमियर लिग फुटबलमा एभर्टनलाई एस्टन भिल्लाको नमिठो झट्का लागेको छ । 

शुक्रबार राति भएको खेलमा एभर्टन घरेलु टोली एस्टन भिल्लासँग २–० गोलले पराजित भयो । 

एस्टन भिल्लाको जितमा वेस्लेले २१औं मिनेटमा खाता खोलेका थिए । त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा अनवर एल घाजीले गोल गर्दै भिल्लाको जित सुनिश्चित पारेका थिए । 

खेलमा लगातार गोल गर्ने अवसर बनाएपनि एभर्टन सफल हुन सकेन । ८२औं मिनेटमा एलेक्स इओवीको सशक्त प्रहार क्रसबारमा लागेर फर्किएपछि एभर्टन गोलरहित हार खेप्न बाध्य बन्यो । 

लिगमा एस्टन भिल्लाको यो पहिलो जित हो । जितसँगै भिल्लाले तीन अंक बनाएको छ । 

एभर्टनको समान खेलबाट चार अंक छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप