मानवाधिकार आयोगको टोली दक्षिण अफ्रिकातर्फ
काठमाडौँ-राष्ट्रिय मानवाधिकार आयोगको टोली दक्षिण अफ्रिकाको मानवअधिकारको अवस्थाबारे जानकारी लिनका लागि त्यसतर्फ गएको छ ।
आयोगका सदस्यद्वय प्रकाश वस्ती र सुदीप पाठक तथा सचिव वेद भट्टराईसहितको पाँच सदस्यीय टोली दक्षिण अफ्रिकाको राष्ट्रिय मानवअधिकार आयोगको निमन्त्रणामा त्यहाँका मानवअधिकारको अवस्था अध्ययन तथा अनुभव आदान–प्रदानका लागि शुक्रबार गएको आयोगका निर्देशक मुरारीप्रसाद खरेलले जानकारी दिए ।
उनका अनुसार टोलीले दक्षिण अफ्रिकाको मानवअधिकार आयोगबाट मानवअधिकार संरक्षण र संवद्र्धनको क्षेत्रमा हुँदै आएका विभिन्न कार्य, उजुरी ग्रहण, अध्ययन अनुसन्धान प्रक्रिया सम्बन्धमा छलफल तथा जानकारी लिनेछ । सोही अवसरमा त्यहाँ रहँदा टोलीले सत्य निरूपण तथा मेलमिलाप आयोगको गठन, कार्य प्रक्रिया, सिफारिश तथा कार्यान्वयन सम्बन्धमा तत्कालीन पदाधिकारी, नागरिक समाजलगायत अन्यसँग भेटघाट छलफल तथा अवलोकन गर्ने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद