डर्टमन्डको दोस्रो जित, कोलनलाई ३–१ गोलले पराजित
बोरुसिया डर्टमन्डले जर्मन बुन्डेस लिगामा लगातार दोस्रो जित निकालेको छ । शुक्रबार राति भएको खेलमा डर्टमन्डले नवप्रवेशी टोली एफसी कोलनलाई ३–१ गोलले हरायो । डर्टमन्डले यसअघि लिगको पहिलो खेलमा अग्सवर्गलाई ५–१ गोलले पराजित गरेको थियो ।
कोलनको घरेलु मैदानमा भएको खेलमा डर्टमन्डले एक गोलले पछि परेको अवस्था उल्ट्याउँदै सहज जित निकालेको थियो । डर्टमन्डको जितमा जाडोन सान्चो, आचरफ हाकिमी र पाको अल्कासरले गोल गरे । कोलनका डोमिनिक ड्रेक्सलरले गोल गरे ।
नवौं मिनेटमा डोमिनिकले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । डोमिनिकले इलियसको पासमा गोल गरेका थिए । सुरुवातमा पछि परेको डर्टमन्डले ७०औं मिनेटमा मात्र बराबरी गोल फर्काउन सकेको थियो । जाडोन सान्चोले बराबरी गोल गरेका थिए । सान्चोले थोर्गान हजार्डको पासमा गोल गरेका थिए ।
८६औं मिनेटमा आचरफ हाकिमीले गोलगर्दै डर्टमन्डलाई अगाडी बढाए । त्यसपछि दोस्रो हाफमो इन्जुरी समयमा पाको अल्कासेरले गोल गर्दै डर्टमन्डको जित सहज बनाएका थिए । अल्कासेरले सान्चोको पासमा गोल गरेका थिए । जितसँगै ६ अंक बनाएको डर्टमन्ड तालिकाको शीर्ष स्थानमा छ । कोलनले खाता खोल्न सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै