‘बेटी बचाउ, बेटी पढाऔँ’ अभियानले छोरीमाथि हेर्ने दृष्टिकोणमा परिवर्तन आयो : मुख्यमन्त्री राउत
बारा – प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले ‘बेटी बचाउ, बेटी पढाऔँ’ प्रदेश सरकारको अभियानलाई उचाइमा पु¥याउनका लागि सबैलाई आग्रह गरेका छन् ।
बाराको कलैयास्थित नेरा मावि मदर्शामा ‘मुख्यमन्त्री बेटी बचाऔँ बेटी पढाऔँ’ अभियानअन्तर्गत साइकल वितरण कार्यक्रममा उनले समाजमा छोरीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको दाबी गरे ।
समाजमा छोरीलाई विभिन्न प्रकारले हेला गर्न थालेका कारण प्रदेश २ सरकारले सो अभियान ल्याएको मुख्यमन्त्री राउतले बताए ।
छोरा सरह छोरीलाई पनि शिक्षाको मूलधारमा ल्याउन अभियान निकै सार्थक भएको उनको भनाइ थियो । मुख्यमन्त्री राउतले सङ्घीय सरकारका कारण प्रदेशमा चाहे जस्तो विकास गर्न नसकेको बताए ।
‘प्रदेश नं २ लाई सङ्घीय सरकारले कुदृष्टिले हेरिरहेको छ’, उनको आरोप थियो ।
प्रदेश २ का अर्थ राज्यमन्त्री उषा यादवले तराई मधेशको जनताको अधिकार दिलाउनका लागि प्रदेश सरकार लागिपरेको बताए । कार्यक्रममा सांसद रामबाबुकुमार यादव, प्रदेशसभा सदस्य ज्वालाकुमारी साह, पारस साह, मोहमद समिर, प्रल्लाह गिरी, जगत अंसारीलगायतको उपस्थिति थियो ।
कार्यक्रममा कक्षा ८ मा अध्ययनरत ९२ छात्रालाई मुख्यमन्त्री राउतले साइकल वितरण गरेको शिक्षिका सावित्री शर्माले जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा