बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीको उपचार एक महिनासम्म लम्बिने

आइतबार, ०८ भदौ २०७६, ०६ : १५
आइतबार, ०८ भदौ २०७६

सिंगापुरमा स्वाथ्यउपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सातपटक प्लाज्मा फेरेसिस गर्नुपर्ने भएको छ । 

प्रधानमन्त्री ओलीको शरीरमा प्रत्यारोपण गरेको मिर्गौलामा बढेको एन्टीबढी झार्न प्लाज्मा फेरेसिस गर्न लागिएको हो । उनलाई दिन बिराएर सातपटक प्लाज्मा फेरेसिस गर्नुपर्ने भएको छ ।

 प्रधानमन्त्री ओलीलाई पहिलो पटक शुक्रबार प्लाज्मा फेरेसिस गरिएको थियो । यही अवस्था रहने भने उनको सिंगापुर बसाई एक महिनासम्म लम्बिन सक्ने उनीनिकट चिकित्सकको भनाइ छ । 

चिकित्सकका अनुसार प्रत्यारोपण गरेको मिर्गौलाको विरुद्धमा बनेको एन्टिबढी निकाल्ने वा झार्ने प्रक्रियामा प्लाज्मा फेरेसिस विधि प्रयोग गरिन्छ । यो समाचार नागरिक दैनिकमा छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप