‘झगडा’ मिलाउँदै अध्यक्ष प्रचण्ड
सशस्त्र द्वन्द्वका बेला सरकार र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई शान्ति वार्तामा ल्याई शान्ति सम्झौता गराउन तत्कालिन नेकपा (एमाले)का महासचिव माधवकुमार नेपालले भूमिका निर्वाह गरेका थिए ।
शान्ति प्रक्रिया सुरु भएपछि उत्पन्न जटिल राजनीतिक परिस्थितीमा प्रचण्डलाई सहमतिमा ल्याउन नेपालले नै समन्वयकारी भूमिका निर्वाह गरेका थिए । त्यतिबेला नेपाल र प्रचण्ड समान हैसियतमा थिए । उहाँ तत्कालिन नेकपा ९एमाले०का महासचिव र प्रचण्ड विद्रोही माओवादीका अध्यक्ष ।
अहिले परिस्थिती मोडिएको छ । दुबै पार्टी एक भएका छन् । दुबै नेता एकै पार्टीका नेता छन् तर हैसियत समान छैन । प्रचण्ड अध्यक्ष छन्, नेपाल एकीकृत पार्टीको चौथो वरियतामा छन् ।
पार्टीमा वरियता खोसिएपछि नेकपा अध्यक्ष केपी शर्मा ओली र नेपालबीचको विवाद सतहमै आएको छ । त्यही विवाद मिलाउन अध्यक्ष प्रचण्ड लागिपरेका छन् । यो समाचार नेपाल समाचारपत्र दैनिकमा मधुसूधन रायमाझीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी