बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सलाहको दुई गोलमा लिभरपुल विजयी

आइतबार, ०८ भदौ २०७६, ०७ : ३९
आइतबार, ०८ भदौ २०७६

मोहमद सलाहले दुई गोल गरेसँगै लिभरपुलले इङ्लिस प्रिमियर लिग फुटबलमा लगातार तेस्रो जित निकालेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा लिभरपुलले आर्सनललाई ३–१ गेलले हरायो । साविक उपविजेता लिभरपुलले यसअघि नर्विच सिटीलाई ४–१ र साउथह्याम्पटनलाई २–१ गोलले पराजित गरेको थियो । आर्सनलको भने यो पहिलो हार हो ।

लिभरपुलको जितमा जोएल माटिपले ४१औं मिनेटमा खाता खोले । पहिलो हाफमा १–० गोलको अग्रता बनाएको लिभरपुलले दोस्रो हाफमा दुई गोल थपेको थियो । ४९औं मिनेटमा मोहमद सलाहले पेनाल्टीमा गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनाए । डिबक्स भित्र आर्सनलमा रक्षक डेभिड लुइजले सलाहलाई लडाएपछि लिभरपुलले पेनाल्टीको अवसर पाएको थियो ।

त्यसपछि ५८औं मिनेटमा सलाहले ब्यक्तिगत दोस्रो गोल गरे । उनले फाविन्होको पासमा गोल गरेका थिए । लिभरपुलको लगातार गोलपछि दबाबमा देखिएको आर्सनलले ८५औं मिनेटमा सान्त्वना गोल फर्काएको थियो । आर्सनलका लुकास टोरेराले गोल गरे । तेस्रो जितसँगै नौ अंक बनाएको लिभरपुल शीर्ष स्थानमा छ । आर्सनलले समान खेलबाट तीन अंक बनाएको छ ।

यसैगरी शनिबार रातिनै भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेडलाई क्रिस्टल प्यालेसको नमिठो झट्का लागेको छ । घरेलु मैदानमा म्यानचेस्टर युनाइटेड क्रिस्टल प्यालेससँग २–१ गोलले पराजित भयो । अन्य खेलमा वेस्टहाम युनाइटेडले वाटफोर्डलाई ३–१, लेस्टर सिटीले सेफिल्ड युनाइटेडलाई २–१ गोल र साउथह्याम्पटनले ब्राईटनलाई २–० गोलले पराजित गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप