केन्द्रीय संस्करण

कोरियन चाडमा नेपाली संगीतसँगै रमाउनेछन् दक्षिण कोरियामा नेपालीहरु

person explore access_timeभदौ ८, २०७६ chat_bubble_outline0

सोल । प्राचीन हान्गावी नामले परिचित दक्षिण कोरियाको महत्वपूर्ण चार्ड छुसकको अवसरमा यहाँ सांगीतिक कार्यक्रमको आयोजना गरिने भएको छ।  

दक्षिण कोरियामा कार्यरत नेपालीहरुको पहलमा आगामी सेम्टेम्बर १३ मा “छुसक महा–धमाका २०१९” आयोजना गर्न लागिएको हो । 

कार्यक्रममा ख्यातिप्राप्त राष्ट्रिय लोक तथा दोहोरी गायक पशुपति शर्मा, मञ्जु पौडेल, आधुनिक तथा पप गायक सुगम पोखरेल, टीका प्रसाईँ, कमेडियन तथा क्यारिकेचर किङ सुबोध गौतम, पब्लिक स्पिकर विजेता रमेश प्रसाईँ, बुगीवुगी विनर कविता नेपाली लगायत कलाकारको प्रस्तुति रहने छ । यस्तै स्थानीय कलाकारको समेत कार्यक्रममा प्रस्तुति रहनेछ । 

सउल दोङदेमुन छोङो ओगाको २ नम्बर गेटमा  आयोजित कार्यक्रममा दक्षिण कोरियास्थित नेपाली दूतावासका उपनियोग प्रमुख राम सिंह थापासमेतको सहभागिता रहनेछ । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...