मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

‘जाइरा’लाई दर्शक कति ?

आइतबार, ०८ भदौ २०७६, १२ : ४०
आइतबार, ०८ भदौ २०७६

काठमाडौं–अभिनेत्री नम्रता श्रेष्ठको अभिनय निर्माण रहेका ‘जाइरा’ शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म हो । फिल्मले प्रदर्शनको पहिलो र दोस्रो दिन अर्थात शुक्रबार र शनिबार दर्शक राम्रो पाउन सफल भएको छ ।

फिल्मले प्रदर्शनको दुई दिन उपत्यका र उपत्यका बाँहिर पनि राम्रो दर्शक पाउन सफल भएको कार्यकारी निर्माता प्रशन्न गोपालीले बताए । ‘शुक्रबारको तुलनामा शनिबार फिल्मले देशभरको चलचित्र भवनमा राम्रो दर्शक पाएको छ’ उनले भने ‘फिल्मको माउथ पब्लीसिटी राम्रो छ । आगामी दिनमा अझ बढ्छन् होला ।’

नम्रता पहिलो पटक मिक्स मार्सल आर्ट खेलाडीको भुमिकामा देखिएकोले पनि फिल्मले राम्रो दर्शक पाएको उनले अनुमान लगाए ।

आशुतोष राज श्रेष्ठको निर्देशन रहेको फिल्ममा नम्रता श्रेष्ठ , प्रमोद अग्रहरी, अनुप बिक्रम शाही, रेमन दास श्रेष्ठ, नव–कलाकारहरु श्रृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगरले शिर्ष भूमिकामा अभिनय गरेका छन् ।
फिल्ममा नम्रता र अनुपले श्रीमान् श्रीमतीको भूमिकामा अभिनय गरेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप