शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राजीनामा दिने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका २२ चिकित्सकको २४ घण्टे अल्टिमेटम

आइतबार, ०८ भदौ २०७६, १३ : २२
आइतबार, ०८ भदौ २०७६

काठमाडौँ । भदौ ६ गते सामूहिक राजीनामा दिएका राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका २२ जना चिकित्सकले काममा फर्कनको लागि प्रशासन समक्ष ८ बुँदे मागलाई अघि सारेका छन् ।

२४ घण्टा सम्म माग सम्बोधन गर्ने या राजीनामा स्वीकृत गर्ने दुई मध्ये एक विषयको टुङ्गो लगाउन उनीहरुले उपकुलपतिलाई आग्रह गरेका छन् । माग सम्बोधन नभएको खण्डमा आकस्मीक बाहेक सबै सेवामा सहभागी नहुने उनीहरुले बताएका छन् ।  

  प्रतिष्ठानका चिकित्सक तथा कर्मचारीबाट बारम्बार धम्कीसँगै मानसिक तनाव खेप्नुपरेको भन्दै प्रतिष्ठान दाङका २५ जनामध्ये २२ जना चिकित्सकले सामूहिक राजीनामा दिएका थिए । राजीनामा दिने चिकित्सकहरुले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रतिष्ठानले ८ बुँदे मागलाई सम्बोधन गरेको खण्डमा आफूहरु काममा फर्कने बताएका हुन् । 

८ बुँदे मागमा चिकित्सकलाई डरधम्की मानसिक यातना नदिई करार अवधिभर सहज काम गर्न सक्ने वातावरण बनाउनु पर्ने, ऐन बमोजिम बिदा पाउनुपर्ने, बर्खास्त डा. मनोज यादवलाई ससम्मान पुर्नबहाली गर्नुपर्ने , अस्पतालको विकास गर्ने विषयमा एकलौटी निर्णय गर्ने परिपाटीलाई बन्द गर्नुपर्ने लगायत विषय रहेका छन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप