शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रवि लामिछानेका समर्थकले आन्दोलन चर्काएपछि चितवन जिल्ला प्रशासनद्वारा कडा आदेश जारी

आइतबार, ०८ भदौ २०७६, २३ : १८
आइतबार, ०८ भदौ २०७६

काठमाडौं- जिल्ला प्रशासन कार्यालय चितवनले भरतपुर महानगरपालिका १० वरिपरिका केही क्षेत्रमा  ५ जनाभन्दा बढी मानिस जम्मा हुन नपाउने आदेश जारी गरेको छ । टेलिभिजन प्रस्तोता रवि लामिछानेको रिहाईको माग गर्दैै भएको प्रदर्शन र त्यसबाट हुने अशान्तिलाई मध्यनजर गर्दै भरतपुर महानगरका केही स्थानमा भदौ ९ गते बिहानदेखि अर्को आदेश जारी नहुन्जेलका लागि सो आदेश जारी गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय चितवनको नाममा आज जारी विज्ञप्तिमा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को (३क) बमोजिम महानगर १० को पूर्व, पश्चिम, उत्तर र दक्षिणका केही क्षेत्रमा सो आदेश जारी गरिएको छ । जसअन्तर्गत पूर्वको बाइपास सडकतर्फको आन्तारिक राजश्व कार्यालयको चोकदेखि घरेलु कार्यालयसम्म, पश्चिमको पूर्व पश्चिम लोकमार्गको गण्डकी अस्पतालदेखि चौबिसकोठीसम्म सो आदेश जारी गरिएको छ ।

त्यस्तै उत्तरतर्फको बाइपास सडकतर्फको आन्तारिक राजश्व कार्यलयको चोकदेखि भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज जाने चोक,नारायाणी मावि चोक, कृषि ज्ञान केन्द्र हुँदै पूर्व पश्चिम राजमार्गको चौबिसकोठीसम्म सो आदेश जारी गरिएको छ भने दक्षिणमा बाइपास सडकको घरेलु कार्यालयको चोकदेखि दुरसञ्चार चोक हुँदै पूर्व पश्चिम लोकमार्गको सप्तगण्डकी अस्पताल चोकसम्म सो आदेश जारी गरिएको छ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा मुछिएका लामिछाने अहिले प्रहरी हिरासतमा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप