शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

समाजवादी विद्यार्थी युनियनको अध्यक्षमा रुपनारायण श्रेष्ठ

सोमबार, ०९ भदौ २०७६, ०८ : १९
सोमबार, ०९ भदौ २०७६

काठमाडौ – तत्कालीन नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरम एकता भएपछि बनेको समाजवादी पार्टीको विद्यार्थी संगठनको अध्यक्षमा रुपनारायण श्रेष्ठ चयन भएका छन् । 

तत्कालीन नयाँ शक्ति विद्यार्थी युनियनका उपाध्यक्ष श्रेष्ठलाई नवगठित समाजवादी विद्यार्थी युनियनको अध्यक्षमा चयन गरिएको हो । 

आइतबार ललितपुरमा आयोजित दुई विद्यार्थी संगठन समायोजन कार्यक्रमबाट २९ सदस्यीय पदाधिकारी समेत घोषणा गरिएको छ ।  

नवनिर्वाचित वरिष्ठ उपाध्यक्षमा रमेश यादव चयन भएका छन् भने अन्य उपाध्यक्षहरुमा नेत्र चापागाईं, सुवास लाबुङ, राजेन्द्र ओली ‘विवेक’, रीता यादव, ईश्वर अधिकारी, विशाल आङ्दम्बे, टंक धमला, सञ्जय राई र दिपेश यादव रहेका छन् ।

त्यस्तै, महासचिवमा वरुण यादव र उपमहासचिवमा नेम्बर राई, सुष्मा देवकोटा, प्रकाश चाम्लिङ, बलबहादुर रम्तेल, रजनी श्रेष्ठ र दिनेश दंगाल रहेका छन् ।

नवनिर्वाचित सचिवहरुमा अमोद यादव, भरत लिसानी, रामचन्द्र राई, रामब। भण्डारी, सुजिब गिरी, रेशम सापकोटा, सुवास राई, रमानन्द शाह, मनिष यादव र हेमराज थापा रहेका छन् । कोषाध्यक्षमा ओमनारायण यादव चयन भएका छन् ।

समायोजन कार्यक्रममा समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई र उपेन्द्र यादव लगायतका पदाधिकारीले शुभकामना व्यक्त गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप