शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘फर्की फर्की’ राहुल र एलिशा प्रेम

सोमबार, ०९ भदौ २०७६, १० : ३०
सोमबार, ०९ भदौ २०७६

काठमाडौं – म्यूजिक भिडियोमा रुचाइएको जोडी हुन् राहुल शाह र एलिशा शर्मा । यी दुबै अभिनित नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । 

प्रेमभाव बोल्ने गीतमा नविन रावल र सदिक्षा कट्टेलको स्वर छ । गीतमा गायक रावल स्वयंले संगीत भरेका छन् । गीतको शब्द भने मिलन विष्टले कोरेका हुन् । 

राहुल स्वयंले निर्देशन गरेको भिडियोको कोरियोग्राफी पनि उनकै हो । भिडियोमा पवन सुस्लिङको छायांकन र सम्पादन छ । 

४ डान्स ग्रुपले प्रयोग गरिएको भिडियोमा कृतिका, सुजन, रमेश, आरोग्या, प्रलभ, सदिक्षा, उपासना, सुनिता, मेलिना, रेजिना, सलिना, अर्चना, यूनिशा, मेरी, सन्जु, कृस्पिना, प्रशान्त, अक्षय, शैलेश, नरेन, अखिलेष र खगेन्द्रले गीतमा नृत्य गरेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप