बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलामा ७३ हजार ५०० पुग्यो

सोमबार, ०९ भदौ २०७६, ११ : ०३
सोमबार, ०९ भदौ २०७६

काठमाडौं–सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । सुनको मूल्यले नयाँ रेकर्ड बनाउँदै सोमबार छापावाल सुन तोलामा ७३ हजार ५०० मा कारोबार भएको हो ।

नयाँ आर्थिक वर्ष सुरु भएसँगै उकालो लागेको सुनको मूल्य निरन्तर बढ्दै आज यो कीर्तिमानीको अवस्थामा आइपुगेको हो । 

नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ७२ हजार ५०० मा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार बढेर ७३ हजार ५०० मा कारोबार भएको हो । 
यस्तै छापावाल सुन ७३ हजार २०० मा कारोबार भएको महासंघले जनाएको छ । 

यस्तै चाँदी तोलामा ८६० मा कारोबार भएको छ । यसअघि आइतबार चाँदी तोलामा ८५० मा कारोबार भएको छ । 

विश्वबजारमा नै सुनचाँदीको मूल्य बढेकाले स्वभाविक रुपमा नेपालमा पनि त्यसको प्रभाव देखिएको महासङ्घका अध्यक्ष मोहनकुमार सुनारले जानकारी दिए ।

यस्तै  चीन–अमेरिका व्यापार टकरावका कारण पनि सुनको भाउ उकालो लागेको हुनसक्ने महासङ्घले जनाएको छ । 

लगानीका लागि अन्तर्राष्ट्रिय बजार अस्थिर तथा शेयरबजार असन्तुलन भएकाले लगानीकर्ता सुनतर्फ आकर्षित भएका छन् । 

पछिल्लो समय जम्बु–कश्मिर क्षेत्रको सम्बन्धमा भारतले चालेको कदमका कारण भारतीय मुद्रा कमजोर हुँदा पनि सुनको भाउ बढेको हुनसक्ने बताइएको छ ।
 सुनको चर्को मूल्यवृद्धि भएसँगै आन्तरिक खपत ह्वात्तै घटेको छ ।

सुनको मूल्य उकालो लागेसँगै बजारमा सुन किन्ने भन्दा पनि बिक्री गर्नेको सङ्ख्या बढेको महासङ्घले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप