शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

फोर्ब्स २०१९ः कमाईको शीर्ष स्थानमा छिन् यी नायिका, प्रियंका सूचीबाट बाहिर

सोमबार, ०९ भदौ २०७६, १२ : २०
सोमबार, ०९ भदौ २०७६

बलिउड नायिका प्रियंका चोपडा र दीपिका पादुकोण सबैभन्दा धेरै कमाई गर्ने नायिकाको सूचीबाट बाहिरिएका छन् । सन् २०१८ मा पद्मावतपछि दीपिकाको कुनै पनि फिल्म रिलिज भएके छैन । यस्तै प्रियंका चोपडा पनि लामो समयदेखि बलिउड फिल्मबाट टाढा छिन् तर उनले ‘अ किड लाइक ज्याक’ र ‘इन्सेट इट रोमान्टिक’ नामको हलिउड फिल्ममा काम गरेकी थिइन् ।

यस वर्षपनि यो सूचीमा सबैभन्दा माथि हलिउड नायिका स्कारलेट जोहान्ससनको नाम छ । उनले सन् २०१८ मा पनि यो लिस्टमा पहिलो स्थान हासिल गरेकी थिइन् । स्कारलेट डिज्नी मार्वल स्टुडियोको नयाँ फिल्म ब्ल्याक विडोका लागि अत्यधिक पारिश्रमिक लिइरहेकी छिन् । गत वर्ष उनको कमाई लगभग ५६ मिलियन डलर अर्थात् लगभग चार सय करोड आँकलन गरिएको छ । यस्तै मोर्डन फ्यामिली स्टार सोफिया वर्गेराले दोस्रो स्थान हासिल गरेकी छिन् । उनी पछिल्लो एक वर्षमा ३१५ करोडको कमाई गर्न सफल छिन् ।

यस्तै, हलिउड स्टार रिज विदरस्पून पनि यो सूचीमा स्थान बनाउन सफल रहिन् । उनी यो सूचीमा २५० करोडको कमाईसँगै तेस्रो स्थानमा छिन् । यसबाहेक नायिका निकोल किडम्यान र जेनिफर एनिस्टन क्रमशः चौथो र पाँचौ स्थानमा छन् । किडम्यानले पछिल्लो वर्ष २४३ करोड र एनिस्टनले लगभग २०० करोडको कमाई गर्न सफल रहे ।

स्मरण रहोस्, यो सूचीमा कुनै पनि बलिउड नायिका समावेश छैनन् । यद्यपि, केही समयअघि जब फोर्ब्सको सबैभन्दा धेरै कमाई गर्ने नायकको सूची जारी भएको थियो तब त्यो सूचीमा ४६६ करोडको कमाईसँग अक्षय कुमार चौथो स्थानमा थियो । यो सूचीमा दि रक अर्थात् ड्वेन जोनसन शीर्ष स्थानमा थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप