शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपा सचिवालय बैठक : नवप्रवेशी चार नेता केन्द्रीय सदस्यमा मनोनित

सोमबार, ०९ भदौ २०७६, १३ : ०५
सोमबार, ०९ भदौ २०७६

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले पार्टी प्रवेश गरेका चार नेतालाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको छ ।

तत्कालिन नयाँ शक्ति नेपाल र प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबाट पार्टी प्रवेश गरेकाहरुलाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो ।

यसरी मनोनित हुनेमा पदम राई, किरण राई, कल्पना धमला र देवेन्द्र पराजुली रहेका छन् ।

पार्टी विधानमा रहेको केन्द्रीय सदस्यमा १० प्रतिशत थप गर्ने व्यवस्थाअनुसार उनीहरुलाई केन्द्रीय सदस्यमा मनोनयन गरिएको हो ।

योसँगै नेकपाको केन्द्रीय कमिटी ४४५ सदस्यीय बनेको छ ।

सोमबार कार्यकारी अधिकार प्राप्त गरेपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा आज पहिलो पटक सचिवालय बैठक बसेको हो ।


यसैगरी, बैठकले जिल्लाका इन्चार्ज र सह–इन्चार्ज तथा विभाग÷जनवर्गीय संगठनका इन्चार्ज र सह–इन्चार्जको जिम्मेवारी हेरफेर गरेको छ ।

सँगै, आजको बैठकले केन्द्रीयदेखि स्थानीय तहसम्मका नेता–कार्यकर्ताहरुका पार्टीसँग सम्बन्धित असन्तुष्टि पार्टी कमिटीमा राख्नुपर्ने निर्णय गरेको छ । यदि त्यसो नगरिए स्पष्टिकरण सोध्नेदेखि कारवाहीसम्म गरिने निर्णय गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप