बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

मोफसलमा साम्राज्ञीसँग सेल्फी खिचाउने भीड

सोमबार, ०९ भदौ २०७६, १३ : १३
सोमबार, ०९ भदौ २०७६

काठमाडौं– अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह मोफसल टुर सकेर आज काठमाडौ फर्किदै छिन् । १३ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘मारुनी’को प्रचारका लागि उनी केही दिन पहिले मोफसल यात्रामा निस्किएकी थिइन् । 

पछिल्लो समय प्रदर्शनमा आएका फिल्मले व्यवसाय गरिरहेको छैन । यो अवस्थामा साम्राज्ञीको फिल्मले दर्शक फर्काउछ भन्ने बिश्वासमा धेरै छन् । तर केही भने विवादित बयान र तस्विरका कारण उनको क्रेज खस्किएको अनुमान लगाउँछन् 

साम्राज्ञीको क्रेज बुझ्न र फिल्मको प्रचार गर्न ‘मारुनी’ युनिट कलाकारसहित मोफसल टुरमा निस्किएको थियो । टुरका लागि सबैभन्दा पहिले युनिट इटहरी पुगेको थियो । इटहरी चोकमा आयोजित कन्सर्ट ४ बजे सुरु हुने भनिएता पनि साँझको  ७ बजेमात्र साम्राज्ञी र अभिनेता पुष्प खड्का पुगेका थिए । साम्राज्ञी आउने थाहा पाएर फ्यानले घन्टौ कुरेर उनको कार्यक्रम हेरेको निर्माण युनिटले जानकारी दिए । केही फ्यानले त बसेको होटमा समेत पुगेर साम्राज्ञीलाई भेटेको निर्माता पुनम गौतमले बताइन् ।

निर्माण युनिट इटहरीपछि चितवन पुगेको थियो । चितवनको नारायणी किनारमा आयोजित कन्सर्टमा साम्राज्ञीलाई भिडबाट जोगाउन प्रहरी र बडीगार्डलाई धौ–धौ परेको थियो । साम्राज्ञीसँग तस्वीर खिचाउन फ्यान स्टेज चढेपछि भने उनले फिल्मको सम्वाद बोलेर खुसी परेकी थिइन् । 

पोखराको कन्सर्ट भने पानीको कारण स्थगित भएको थियो । निर्माण युनिटले हिजो साँझ मोफसल टुरको अन्तिम कन्सर्ट नेपालगञ्जमा आयोजना गरेको थियो । कन्सर्टमा साम्राज्ञीसँगै नायक पुष्प खड्का, निर्देशक नवल नेपाल, निर्मात्री पूनम गौतम, गायक कृष्ण काफ्ले सहभागी थिए ।

कन्सर्टमा अभिनेत्री साम्राज्ञीसँग सेल्फी खिचाउनेको भिड नै लाग्यो । ‘मोफसलमा साम्राज्ञीको क्रेज एक दमै रहेछ’ निर्माता गौतमले थपिन् ‘प्रमोसन टुरले फिल्मको प्रचार मात्र होइन । साम्रज्ञीको क्रेज बुझ्ने मौका मिल्यो ।’ ‘मारुनी’ नवल नेपालले निर्देशन गरेको फिल्म हो । यस अगाडि थुप्रै सफल फिल्म दिएका नेपाल आफ्नो पहिलाको फिल्म भन्दा ‘मारुनी’ फरक र राम्रो फिल्म भएको बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप