शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ग्यालेक्सी नोट १० बजारमा, पावरफुल डिजाइनका साथ यस्ता छन् अन्य विशेषता

सोमबार, ०९ भदौ २०७६, १६ : १७
सोमबार, ०९ भदौ २०७६

काठमाडौं– सामसङ इलेक्ट्रोनिक्सले आजबाट ग्यालेक्सी नोट १० र नोट १० प्लसलाई नेपाली बजारमा ल्याएको छ । काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी सामसङले आफ्नो नयाँ स्मार्ट फोन आजैबाट उपलब्ध हुने बताएको छ । 

बेस्ट–अफ–द–बेस्ट प्रविधि एवं सुविधाहरूका साथ आउनुपर्ने मान्यताका साथ अगाडि बढ्दै आएको ग्यालेक्सी नोट १० स्मार्ट फोनका नयाँ पारखीहरु माझ आएको हो ।  

सामसङ नेपालका मोबाइल विजिनेश हेड प्रणय रत्न स्थापितले ग्यालेक्सी नोट १० का हरेक इलमेन्टहरु विशेष तरिकाबाट निर्माण गरिएको बताए । उनले ग्राहकलाई अझ धेरै सुविधा प्राप्त हुने गरी भिडियो एडिटिङ्ग गर्न वा आफूलाई मन पर्ने गेम खेल्न ग्यालेक्सी नोट १० ले अझै सहजता एवं सुविधा प्रदान गर्ने बताए ।

पावरफुल डिजाइन

यसको सोफेस्टीकेटेड डिजाइनले प्रयोगकर्तालाई बेग्लै अनुभव प्रदान गर्दछ– न केवल हेर्दा र अनुभव गर्दा मात्र नभई ग्यालेक्सी नोट १० मोबाइल फोन सिल्क, स्लिम तथा डिस्ट्र्याक्सन –फ्रि बन्न पुगेको छ ।

यसले गर्दा प्रयोगकर्तालाई आइडिया, प्रोजेक्ट तथा कन्टेन्टका विषयमा अझ धेरै आकर्षित बनाउने छ । ग्यालेक्सी नोट १० को डिस्प्ले सामसङको अहिलेसम्मकै उत्कृष्ट रहेको कम्पनीको दावी छ । भौतिक निर्माणदेखि लिएर यसको अन्तरनिहीत प्रविधिको प्रयोग गरी प्रयोगकर्ताहरुले आफ्नो मनपरेको टिभी, मुभी तथा गेम खेल्न सक्नेछन् ।

बहु पक्षीय उत्पादक 

प्रयोगकर्ताहरुले प्रिमियम उत्पादकता प्राप्त गर्नं सक्नेछन् । ग्राहकले आफ्नो फोनबाट अझै धेरै कुरा प्राप्त गर्नको लागि यो फोनको प्रयोग गर्न सक्ने कम्पनीको विश्वास छ । 

यसमा प्रयोग भएको नयाँ प्रविधि, सुधारिएको क्षमता र शक्तिशाली समायोजन आदिले प्रयोगकर्तालाई स्वतन्त्रता प्रदान गरी उनीहरुका हरेक कार्यलाई उत्पादक बनाउने स्वतन्त्रता प्रदान गर्दछ । 

प्रो–ग्रेड क्यामरा

ग्यालेक्सी नोट १० को साथ सर्जकहरुले स्टेट अफ द आर्ट टुल्सहरुको प्रयोग गरी आश्चर्यजनक भिडियो तथा फोटोहरु लिन सक्नेछन् ।

आफ्नो च्यानलहरु, स्टोरिहरु तथा पोस्टहरुलाई अरु भन्दा पृथक बनाउने सुविधा प्रदान गर्दछ । यसमा भएको एड्भान्स इमेजिङ्ग प्रविधि र सफ्टवेरहरुले भिडियोग्राफी र फोटोग्राफीलाई नयाँ तहमा पु¥याउन मद्दत गर्दछ । 

कार्यक्षमता अगाडि

नोट प्रयोगकर्ताहरुले यस फोनको प्रयोगबाट हरेक कुरा गर्न सक्नेछन् । कुराकानी मात्र होइन हरेक क्रियाकलाप, वृहत् व्यापारीक योजना, सोसल मिडिया च्यानलहरुको लागि आवश्यक पर्ने भिडियो एडिटिङ्ग, एस पेनको साथ आकर्षक इलुस्ट्रेशन आदि गर्न विशेष सहयोग पु¥याउने छ ।

यसको लागि नयाँ इन्जिनियरिङ्गका साथ ग्यालेक्सी नोट १० मा टप–टायर हार्डवेर एवं नयाँ सुविधाहरु प्रयोग गरिएको छ । 

ग्यालेक्सी इकोसिस्टम एक पोर्टल

ग्यालेक्सी नोट १० ले इकोसिस्टमलाई केन्द्रमा राखेको छ । प्रयोगकर्ताहरुलाई जीवन्तता प्रदान गर्न विभिन्न वेरेवल डिभाइसहरु जस्तैः ग्यालेक्सी वाच एक्टिभि २ र ग्यालेक्सी ट्याव्लेट ए ६ कनेक्ट गरी अझै धेरै गर्न सकिन्छ । सामसङ हेल्थले स्वस्थ्यसँग सम्बन्धित लक्षहरुलाई निगरानी राख्दछ । 

सामसङको नोक्सले फोनका डाटा एवं सुरक्षा प्रदान गरी सुरक्षा समाधान गर्न मद्दत गर्नेछ । बिक्सबाईले प्रयोगकर्ताहरुलाई थप सहजता प्रादन गरी जीवनलाई व्यवस्थित एवं अझै सहज बनाउने छ । 

मूल्य 

नेपाली बजारमा ग्यालेक्सी नोट १० को मूल्य १ लाख १६ हजार तथा ग्यालेक्सी नोट १० प्लसको  १ लाख ३५ हजार तोकिएको छ । यी दुबै सेटको यही अगष्ट महिनाको २६ तारिखदेखि उपलब्ध हुनेछ ।

ग्यालेक्सी नोट १० Aura Black, Aura Glow तथा ग्यालेक्सी नोट १० प्लस Aura Black, Aura Glow, Aura White गरी विभिन्न आकर्षक रंगमा उपलब्ध छ । 

 यी सेट नेपाल अधिराज्यका आधिकारिक आउटलेटहरुमा प्राप्त गर्न सकिने छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप