शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मगंलबार पश्चिमी भू-भागमा भारी वर्षाको सम्भावना

सोमबार, ०९ भदौ २०७६, १८ : १२
सोमबार, ०९ भदौ २०७६

काठमाडौं – काठमाडौँसहित सोमबार देशभरी  मेघ गर्जन सहित हल्का वर्षा भएको छ ।

देशका केहीस्थानमा चट्याङ्गसहित हल्का वर्षा भएपनि पश्चिमी भू–भागका एक दुई स्थानमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

मगंलबार भने देशका केही स्थानमा आंशिकदेखि सामान्य बदली हुने भएको छ ।

मंगलबार मेघ गर्जनसहित चट्याङ्ग र वर्षा हुने सम्भावना भएको महाशाखाले जनाएको छ । 

पश्चिमी भू–भागका एकदुई स्थानमा भारी वर्षा हुने सम्भावना छ । देशभरी सामान्य बदली भई केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा हुने सम्भावना रहेकोले मेघगर्जन र चट्याङ्गबाट बच्न आवश्यक सतर्कता अपनाउन पूर्वानुमान महाशाखाले आग्रह गरेका छ । 

पश्चिमी भूभाग नै एक दुई स्थानमा भारी वर्षाको सम्भावना भएकाले त्यस स्थानका सर्वसाधारणलाई पनि सतर्कता अपनाउन समेत महाशाखाले आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप