शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपाल इन्भेष्टमेन्ट बैंकको नयाँ शाखा बालुवाटारमा, लकरको पनि सुविधा

सोमबार, ०९ भदौ २०७६, १९ : ३४
सोमबार, ०९ भदौ २०७६

काठमाडौं– नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले आफ्नो ८२ औं शाखा काठमाडौं–४, बालुवाटारमा विस्तार गरेको छ । 

शाखा स्थानीय माग पूरा गर्नेगरि लकर सुविधासहितको पूर्ण शाखाको रूपमा सञ्चालन हुने बैंकले जनाएको छ ।

बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले बैंक सञ्चालक समितिका सदस्यहरूका साथै बैंकका वरिष्ठ अधिकारीहरू र स्थानीय सहयोगीहरूका बीचमा शाखाको उद्घाटन गरे ।

काठमाडौं उपत्यकाभित्र २५औं शाखाको रूपमा रहेको यो शाखा प्रधानमन्त्रीको औपचारिक निवास, नेपाल राष्ट्र बैंक र अन्य संस्थागत भवनहरू भएको स्थानमा अवस्थित छ ।  

यस बैंकले यो विस्तारभन्दा अघि हालैमात्र जेबिल्स फाइनान्स लिमिटेडलाई प्राप्ति गरेको थियो र बैंकले यसअघिका ग्रामीण विस्तारहरूसँगै यो शाखा थप भएपछि यसको कुशलतामा आधारित सञ्चालन अझ प्रभावकारी हुने दाबी गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप