शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लियो भुटनदेविको पहलमा कारागारलाई भाडाँकुडाँ सहयोग

सोमबार, ०९ भदौ २०७६, २० : ३५
सोमबार, ०९ भदौ २०७६

मकवानपुर – लियो क्लव अफ हेटौडा भुटनदेविले क्षेत्रिय कारागार भिमफेदि मकवानपुरलाई खाना पकाउने भाडाँकुडाँ सहयोग उपलब्ध गराएको छ । आज कारागारमा एक कार्यक्रमको आयोजना गरि २० हजार बराबरको ६ थान प्रेसर कुकर सहयोग गरेको लियो क्लवका सदस्य तथा कार्यक्रम संयोजक विजय बजगाईले बताए ।


क्षेत्रीय कारागार भिमफेदिका प्रशासन प्रमुख प्रकाश खनाल खनालले कारागारमा सहयोग गरेकोमा लियो क्लवप्रति आभार व्यक्त गर्दै युवाहरुको जोसजाँगर देखेर खुशी भएको बताए । दिनदुखीहरुलाई सबैले सहयोग गर्नु पर्ने भन्दै सामाजिक कार्यमा छुट्टै आनन्द मिल्ने बताए ।
 
समाजसेवि भिम श्रेष्ठले सामाजिक क्षेत्रमा सहयोग गर्नुसबैको दाहित्व भएको भन्दै सोहि दाहित्व पुरा गरेको बताए । उनले यस सहयोग आफु मात्रै नभई सबैको सहयोग रहेको बताए । 

लियो क्लवले गरेको समन्वय, समाजप्रति देखाएको चासो प्रति सकरात्मक भएको बताए ।

लियो क्लवका अध्यक्ष रुपक कालिराजले कैदिबन्दीको क्षमता अनुसार पकाउने भाडाँकुडाँको अभाव भन्ने थाहा पाएपछि खाना पकाउने ६ वटा प्रेसर कुकर सहयोग गरेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप