बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भक्तपुरमा चोरी र लुटपाटमा संग्लन २ जना पक्राउ

सोमबार, ०९ भदौ २०७६, २२ : १२
सोमबार, ०९ भदौ २०७६

भक्तपुर- महानगरीय प्रहरी वृत्त ठिमीले चोरी र लुटपाटमा संग्लन दुई जना युवाहरुलाई पक्राउ गरेको छ । सोमबार प्रहरीले चार दोवाटो ठिमीबाट चोरी गर्ने समूहका नुवाकोट बागेश्वरी गाँउपालिका वडा नम्बर ४ का १९ वर्षका एरिन तामाङ र काभ्रे बनेपा नगरपालिका वडा नम्बर ८ का २४ बर्षीय पञ्च घलानलाई पक्राउ गरेको हो ।

उनीहरुले ठिमीका विभिन्न स्थानमा रहेका मोवाइल सञ्चालकहरु दायाँ बायाँ गएको मौका छोपी मोबाईल तथा पैसाका व्याग चोरी गरेर भाग्य गरेका वृत्तका प्रमुख प्रहरी नायव उपरिक्षक शान्तिराज कोइरालाले जानकारी दिएका छन् । 

उनीहरुको साथबाट चोरीका मोवाईल ७ थान, लुटपाट भएका व्याग, नगद १ हजार ७ सय, ए.टि.एम.कार्ड, नागरिकता लगायतका सामानहरुसहित पक्राउ गरेको हो ।  यसबारेमा थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक कोइरालाले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप