बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहट प्रहरीद्वारा १६ जना फरार अभियुुक्त पक्राउ

मङ्गलबार, १० भदौ २०७६, ११ : ०३
मङ्गलबार, १० भदौ २०७६

रौतहट– जिल्ला प्रहरी कार्यालय रौतहटले विभिन्न मुद्दाका फरार १६ जना अभियुक्तलाई पक्राउ गरेको छ ।

कर्तव्य ज्यान, जबरजस्ती करणी, ज्यानमार्ने उद्योगलगायत विभिन्न मुद्धामा जिल्ला अदालत गौरबाट अपराध प्रमाणित भई लामोसमयदेखि फरार रहेका १६ जना अभियुुक्तलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटले सञ्चालन गरेको फरार अभियुक्त पक्राउ गर्ने अभियान अन्तर्गत यस आर्थिक वर्षको वैशाखदेखि साउन मसान्तसम्म चार महिनाको उक्त अभियुुक्त पक्राउ गरिएको प्रहरी प्रवक्ता डिएसपी नविन कार्कीले जानकारी दिए । 

पक्राउ परेका केही अभियुक्तहरुलाई थप कारवाहीको लागि जिल्ला अदालत गौरमा पेस गरिएको छ भने फैसला भइसकेका केहीलाई अदालत मार्फत कैद भुक्तानीको लागि गौर कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप