बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

संसदीय समितिप्रति सांसदहरुको बेवास्ता : कोरम नपुग्दा राज्य व्यवस्था समितिको बैठक बस्नै सकेन

उपसमितिको प्रतिवेदन सभापतिलाई बुझाइयो
मङ्गलबार, १० भदौ २०७६, १४ : २३
मङ्गलबार, १० भदौ २०७६

काठमाडौँ– सांसदहरु अनुपस्थित भएपछि कोरम नपुग्दा  मङगलबारका लागि बोलाइएको राज्य व्यवस्था समितिको बैठक बस्दै नबसि स्थगित भएको छ ।

दिउँसो २ बजेका लागि बोलाइएको बैठकमा नागरिकता विधेयकका बारेमा छलफल गर्ने कार्यसूची रहेको थियो । तर, समितिमा नौ जना मात्रै सांसद उपस्थित भएपछि बैठक बस्न नसकेको समितिका सभापति शशी श्रेष्ठले जानकारी दिइन् । समितिको बैठक बस्न समितिमा रहेका कुल सदस्यमध्ये एक चौथाई सदस्य उपस्थित हुनुपर्ने व्यवस्था छ । यसअनुसार बैठक बस्न १३ जना सांसद आवश्यक पर्छ ।

यसअघि सांसदहरुबीच वैवाहिक अंगिकृत नागरिकतामा विवाद आएपछि समितिले सांसद विजय सुव्वाको नेतृत्वमा समाधान उपसमिति गठन गरेको थियो । सो उपसमितिले सहमति भएका विषयको प्रतिवेदन सभापति श्रेष्ठलाई बुझाएको छ ।

यस्तो छ प्रतिवेदन

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप