बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नाडा आटो शो २०१९ : तस्विरमा हेर्नुहोस् अटो मोबाइल्सको कुम्भ मेला

मङ्गलबार, १० भदौ २०७६, १५ : ४२
मङ्गलबार, १० भदौ २०७६

भाद्र १० अर्थात् आजबाट राजधानीमा अटो मेला शुरु भएको छ। अर्थमन्त्री डाक्टर युवराज खतिवडाले राजधानी काठमाडौँको भृकुटीमण्डपमा नाडा आटो शो २०१९ को उद्घाटन गरेका हुन् ।

प्रत्येक वर्ष दसैँतिहारलाई नै लक्षित गर्दै अटोमोबाइल सम्बद्ध संस्था नाडा अटोमोबाइल एसोसियसन अफ नेपालले अटो सोको आयोजना गर्दै आइरहेको छ । यस वर्ष पनि नाडाले सोही मौसम पारेर मेलाको आयोजना गरेको हो ।


अटो सोलाई अटो मोबाइल्स क्षेत्रकै कुम्भ मेलाको रूपमा चित्रण गर्ने गरिन्छ । त्यसो त नेपालमा उपलब्ध सबै खाले अटो प्रोडक्ट तथा ब्रान्डहरुका गाडीहरु यसै सोमार्फत प्रदर्शन गरिने हुनाले पनि त्यसो भनिएको हो ।

सन् १९९८ बाट नेपालमा आयोजना गर्न थालिएको अटो सोले २०१९ सम्म आइपुग्दा १३ वटा सो प्रदर्शन गरिसकेको छ । सन् २०१० सम्म नाडा अटो सो दुई वर्षमा एक पटक मात्र हुने गरेको थियो । पछि सन् २०११ को अटो सोपश्चात भने वार्षिक रूपमा निरन्तर अटो सोको आयोजना हुँदै आएको छ । यस वर्षको अटो सो १४औँ संस्करणको सो हो ।

यस वर्ष २३ ब्रान्डका चारपाङ्ग्रे सवारी साधन, १९ ब्रान्डका दुईपाङ्ग्रे सवारी साधन, ९ ब्रान्डका टायर, ५ ब्रान्डका ब्याट्री, १४ ब्रान्डका पार्टपुर्जा र १३ वटा वित्तीय संस्थाहरुले अटो सोमा सहभागीता जनाउँदै छन् ।

भाद्र १० गतेदेखि १५ गतेसम्म ६ दिन राजधानीको भृकुटी मण्डपमा आयोजना हुने यस अटो मेलामा ६५ हजार अवलोकनकर्ताहरुले अवलोकन गर्ने आयोजक नाडाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप