शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश राजधानी कहाँ ? भन्ने प्रश्नमा मुख्यमन्त्री अलमलमा

मङ्गलबार, १० भदौ २०७६, १८ : ४६
मङ्गलबार, १० भदौ २०७६

बुटवल– मुख्यमन्त्री ज्यू, हजुर त दाङ्ग जिल्लाबाट निर्वाचित हुनुहुन्छ ,प्रदेशको राजधानी दाङ्ग बन्ला कि बुटवल ? भनेर सञ्चारकर्मीले  ठाडो प्रश्न गरेपछि प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेल केहीबेर अलमलमा परे ।
मुख्यमन्त्री भएपछि पहिलोपटक मङ्गलबार गुल्मी पुगेका उनले सदरमुकाम तम्घासमा नेपाल पत्रकार महासंघले आयोजना गरेको पत्रकार सम्मेलनमा अल्मलिँदै र हल्का हाँस्दै जवाफ दिए, ‘सबैलाई चित्त बुझ्ने गरि तोक्ने प्रदेश सरकारको योजना छ, तोक्दाखेरी सबैले दिपावली गर्न पाउने छन् ।’

प्रश्नको जवाफमा उनले कुनै ठाउँ विशेषको नाम लिएनन् । बरु भने, ‘प्रदेशको नाम र मुकाम तोक्नका लागि विज्ञहरुको  टोली गठन गरिएको छ  ।  जसमा सुरक्षाविद्, भूगोलविद्, वातरणविद् र समाजशास्त्रीहरुलाई रायका लागि जिम्मा लगाइएको छ  । जसले प्रारम्भिक तहको अध्ययन  पनि  गरि सकेको र प्रतिवेदन आएपछि  प्रदेशको नाम र राजधानी तोकिनेछ ।’

कहिलेसम्म तोकिने छ त ? भन्ने प्रश्नमा उनले  अबको एक बर्ष भित्रको समय बताए । यो प्रश्नको जवाफपछि मुख्यमन्त्री पोखरेलले ७ वटै प्रदेशमध्ये पाँच नम्बर प्रदेश सुशासनमा अब्बल रहेको दावी गरे । उनले  सिंगो मुलुकमा आर्थिक बृद्धिदर  ७१  प्रतिशत  पुगेको, विकासका कामहरु पनि तीब्र गतिमा अगाडी बढेको, १५ औ पञ्चवर्षीय योजनाको आधार पत्र तयार भएको, संविधान कार्यान्वयन गरिएको लगायतका कामहरु भएपनि एक्लैले हालीमुहाली जमाउँदै आएको कुनै वर्गले यो सरकारले केही गर्न सकेन भनेर आलोचना गर्ने गरेको टिप्पणी गरे ।
   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप