बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा पहिलो पटक ‘इलेक्ट्रोनिक डान्स म्युजिक फेस्टिबल’ आयोजना हुँदै

बुधबार, ११ भदौ २०७६, ०९ : १४
बुधबार, ११ भदौ २०७६

नेपालमा पहिलो पटक इलेक्ट्रोनिक डान्स म्युजिक फेस्टिबलको आयोजना हुने भएको छ ।

स्पार्क डिजे एकेडेमीको आयोजनामा ललितपुरको लेलेस्थित नल्लुमा तीन दिनसम्म उक्त फेस्टिबलको आयोजना हुनेछ ।

असोज १०, ११ र १२ गते पूरा दिन र रातैभरी हुने उक्त फेस्टिबलमा चारवटा स्टेज हुनेछन् जसमा डिजे र लाइभ म्युजिक हुनेछ । यसका साथै लाइट शो र फायर वर्कस् पनि फेस्टिबलको मुख्य आकर्षणमा हुनेछन् ।   

अनलाइन टिकट चाँडै नै इसेवामा उपलब्ध हुने आयोजकले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप