बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘शिव पार्वती’को रुपमा हरिहर र शकुन्तला सम्मानित

बुधबार, ११ भदौ २०७६, ११ : ५७
बुधबार, ११ भदौ २०७६

काठमाडौं – अग्रज कलाकार दम्पती हरिहर शर्मा र शकुन्तला शर्मा ‘शिव पार्वती’को रुपमा सम्मानित भएका छन् । 

फेसियल हाउसले आयोजना गरेको तीज बिषेश कार्यक्रम ‘फेसियल हाउस तीज महोत्सव २०७६’मा कलाकार हरिहर र शकुन्तलालाई उक्त सम्मान प्रदान गरिएको हो । 

नेपाली कलाक्षेत्रका बिभिन्न विधामा पुर्याएको उल्लेखनिय योगदानको कदर गर्दै उनीहरुलाई यो सम्मान दिइएको हो । 

जीवन यात्रामा अविचलित रहँदै एकअर्काको सारथी बनेर अगाडि बढिरहेको दुबैलाई शिव पार्वती जोडीको रुपमा सम्मान दिन पाउदा खुसी लागेको फेसियल हाउसकी प्रवन्ध निर्देशक सुष्मा महराले बताइन् ।

सभामुख कृष्णबहादुर महराको धर्मपत्नी सिता महरालाई ‘लाईफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान समेत गरिएको कार्यक्रममा चलचित्र पत्रकार संघ नेपालले १८, १९ र २० गते पोखरामा आयोजना गर्न लागेको कार्यशाला गोष्ठीका लागि समेत आर्थिक सहयोग गरिएको थियो । उनले पत्रकार संघ नेपालका अध्यक्ष संदीप सापकोटालाई सहयोग स्वरुप रु २५,००० (पच्चिस हजार) प्रदान गरेकी थिइन् ।

कार्यक्रममा सुष्मा महराको शब्द, गायिका मीना निरौलाको स्वर तथा नायिका नीता ढुंगानाको अभिनय रहेको तीज गीत ‘तीज आयो’को भिडियो विमोचन समेत भयो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप