शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नाडा अटो शो २०१९ : यस्तो छ टाटाको एच–फाइभ

बुधबार, ११ भदौ २०७६, १३ : ३७
बुधबार, ११ भदौ २०७६

काठमाडौँ । टाटा मोटर्सको नयाँ उत्पादन एच–फाइभले यस वर्षको अटो सो तताएको छ । टाटाको विकसित मोडल एच–फाइभ नाडाको मुख्य आकर्षणको केन्द्र बनिरहेको छ  । यसलाई खरिद गर्न चाहने ग्राहकहरुको सङ्ख्या समेत बढ्दै गएको कम्पनीले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा ह्यारिअर नामले जाने योजना बनाइरहेको टाटाले पहिलो पटक नेपालमा एच–फाइभ नाममा उपस्थिति जनाएको हो । ह्यारिअर गत जनवरी २३ मा मात्र भारतीय बजारमा सार्वजनिक गरिएको थियो ।

टाटाले गत वर्षको अटो एक्सपोमा एच५एक्स कन्सेप्टको रुपमा यो कारलाई पहिलो पटक सार्वजनिक गरेको थियो । त्यही कन्सेप्टको अधिकांश भागलाई नै मिलाएर ह्यारियर निर्माण गरिएको छ । कारको डिजाइन आधुनिक छ भने बनोटको तल्लो साइडमा हेडलाइट राखिएको छ । फ्रन्ट ग्रिलमा राखिएको डे टाइम रनिङ लाइटले यसलाई निकै नै आकर्षक बनाएको छ ।

भारतीय बजारमा सार्वजनिक भएको केहि समयमा नै एच–फाइभले नेपाल प्रवेश पाएको हो ।

एच–फाइभमा ईएसपीमा आधारित टेरेन रेस्पोन्स मोड उपलब्ध छ, जसका कारण जस्तोसुकै सडकमा पनि सहज तरिकाले चलाउन सकिन्छ । कारको क्याबिनमा ८.८ इनचको फ्लोटिङ टचस्क्रिन इन्फोटेनमेन्ट सिष्टम छ । त्यसैगरी ८–वे एड्जस्टेबल ड्राइभर सिट, लेदर अप होल्स्ट्री, क्लाइमेट कन्ट्रोल, ओआरभीएम आदि उपलब्ध छ ।

एच–फाइभमा २.० लिटरको फोर सिलिन्डर क्र्याओटेक टर्बो डिजेल इन्जिनमा उपलब्ध छ । ४ सिलिण्डरमा उपलब्ध यो कारले ३ हजार ७ सय ५० आरपीएममा अधिकतम १४० पीएस अर्थात् १०३ किलोवाटको पावर प्रदान गर्दछ भने, एक हजार ७ सय ५० देखि २ हजार ५ सयको आरपीएममा अधिकतम ३५० एनएमको टक्र्यु उत्सर्जन गर्छ । एच–फाइभ छ स्पिड म्यानुअल ट्रान्सिमिसनमा उपलब्ध छ ।

भिन्न भिन्न भेरियन्टमा उपलब्ध एच–फाइभको सुरुवाती मूल्य ५६ लाख ५५ हजार रुपैयाँ रहेको छ भने, एक्सई भेरिएन्टको मूल्य ५६ लाख ५५ हजार, एक्सएम भेरिएन्टको मूल्य ६४ लाख ५५ हजार, एक्सटी भेरिएन्टको ६९ लाख ५५ हजार र एक्स जेड भेरिएन्टको ७४ लाख ५५ हजार रुपैयाँ मूल्य निर्धारण गरिएको कम्पनीले जनाएको छ ।

भिडियो हेर्नुहोस्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप