बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

नवनियुक्त उपकुलपति त्रिपाठीलाई नेविसंघको २४ घण्टे अल्टिमेटम

बुधबार, ११ भदौ २०७६, १७ : ३६
बुधबार, ११ भदौ २०७६

काठमाडौं – नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) विश्वविद्यालय समितिले एउटै व्यक्ति त्रिभुवन विश्वविद्यालयको उपकुलपति र शिक्षा अध्यक्ष (रेक्टर) हुन नमिल्ने भन्दै प्रा. डा. सुधा त्रिपाठीलाई कुनै एक पदबाट राजीनामा दिन माग गरेको छ।

त्रिभुवन विश्वविद्यलयका उपकुलपति तीर्थ खनियाँको चार वर्षीय कार्यकाल सकिएपछि सरकारले रेक्टर त्रिपाठीलाई नै तीन महिनाको लागि उपकुलपति तोकेपछि नेविसंघले दुवै पदमा एक व्यक्ति रहन नमिल्ने भन्दै एक पद छोडन माग गरेको हो । 

नेविसंघ विश्वविद्यालय समितिका अध्यक्ष हरि आर्चायको नेतृत्वको टोलीले बुधबार दिउँसो नवनियुक्त उपकुलपति त्रिपाठीलाई भेटी शिक्षा अध्यक्ष वा उपकुलपति मध्ये कुनै एक पदबाट राजीनामा दिन सुझाब दिएको छ।

‘विश्व विद्यालयको ऐन, नियम, इतिहास, परम्परा र संस्कार तथा शक्ति पृथकीकरणको सिद्धान्त अनुसार एक व्यक्ति दुई पदमा बस्न मिल्दैन’, नेविसंघका नेता आर्चायले भने । यस्तै नेविसंघ विश्वविद्यालय समितिका सचिव योगेन्द्र रावलका अनुसार  उपकुलपति त्रिपाठीलाई कुनै एक पदबाट राजीनामा दिन २४ घण्टे अल्टिमेटम दिएको छ ।

 त्रिभुवन विश्वविद्यालय ऐन २०४९ को दफा २१ (ख) मा विश्वविद्यालयका पदाधिकारीको पदा रिक्त रहँदा उक्त पदमा तीन महिनाको लागि उपकुलपतिको जिम्मेवारी सहकुलपतिको परामर्शमा कुलपतिले र अन्य पदााधिकारीको जिम्मेवारी उपकुलपतिले विश्वविद्यालयका कुनै वरिष्ठ प्राध्यापकलाई तोक्ने व्यवस्था छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप