शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नाडामा सुजुकीको एक्सएल–६, बोल्ड डिजाइन सहित यस्तो छ विशेषता

बुधबार, ११ भदौ २०७६, १९ : ५४
बुधबार, ११ भदौ २०७६

काठमाडौं– सिजि मोटोकर्पले नाडा अटो शोको दोस्रो दिन नयाँ सुजुकीको एक्सएल–६ गाडी प्रस्तुत गरेको छ । ६ सिट क्षमताको एक्सएल६ को भित्री र बाहिरी रुप आकर्षक रहेको छ । 

सिजि मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले पारिवारिक मूल्य र संस्कृति नेपाली जीवनको प्रमुख सारका रुपमा रहेको र यसै मूल्य एवं मान्यतालाई आत्मसाथ गर्दै एक्सएल-६ गाडी प्रस्तुत गरेको बताए ।
उलने यो गाडीले एउटा परिवारलाई सँगै यात्रा गर्ने सुविधा प्रदान गर्ने पनि बताए । 

ग्राहकहरुले सबैभन्दा बढी खोज्ने स्टाइल र कम्फर्ट नै भएकाले यस गाडी प्रस्तुत गरेको सिजीले जनाएको छ । यसमा आकर्षक स्टाइल, खुल्ला भित्री स्थान, सुविधा, कार्यक्षमता तथा सुरक्षा जस्ता प्रमुख  विशेषता रहेको छ ।

बोल्ड, आइकोनिक, स्पोर्टी एवं प्रभावशाली बाहिरी रुप

यसको भित्री रुप प्रभावशाली रहेको छ । स्टाइलमा कम्प्रोमाइज नगरी पर्याप्त भित्री स्पेस यसको प्रमुख विशेषता हो । उठाइएको हुड र अद्वितीय ग्रीलको साथ बोल्ड क्रश बार डिजाइन, एलईडी डीआरएलएस हेड ल्याम्पहरुले यो बास्तवमै दृढ देखिएको छ । कालो अलोइ ह्वील, लगायतका थुप्रै विशेषताहरुले गाडी आफैमा आकर्षक बन्न पुगेको छ । 

आरामदायी भित्री रुप

एक्सएल६ मा पर्याप्त भित्री स्पेस रहेको छ जसले गर्दा सहजै एउटा परिवार यात्रा गर्न सक्नुहुनछ । यसका भित्री एस्सोसरिजहरु पनि आकर्षक एवं विशेषतायुक्त रहेका छन् । यसमा भएका थुप्रै विशेषताहरुको साथ आकर्षक, बोल्ड, प्रभावशाली डिजाइन, दोस्रो तहमा सुरक्षित एवं आरामदायी क्याप्टेन सिट, सुजुकीको नेक्जा सेफ्टी सिल्डको साथ सम्पूर्ण रुपमा सुरक्षित छ । भ्यान्टीलेटेड कप होल्डर्स, ओभरहेड कन्सोल, हरेक लाइनमा एक्सोसरिज सकेट, लगायत थुप्रै विशेषताहरुले सुरक्षा एवं सहजताको तहलाई अझै माथि पु¥याएको छ । 

स्मार्ट प्ले स्टुडियो टचस्क्रिन

मनोरन्जनको लागि १७.८ सेमिको स्मार्टप्ले स्टुडियो टचस्क्रिन रहेको छ, जसले गर्दा गाडी चलाउदाको अवस्थामा स्मार्टप्ले स्टुडियो एप्लिकेशनहरुको जीवन्त मनोरञ्जन लिन सकिन्छ । साथै इन्धन कम भएको जानकारी, फ्युल इकोनमी आदि गाडीका आवश्यक जानकारीहरु पनि स्क्रीनमा देख्न सकिन्छ भने स्मार्ट फोनलाई सहजै आबद्ध गर्न सकिन्छ । 

इन्जिन तथा ट्रान्स्मिसन

एक्सएल६ मा बीएस६ के१५ पेट्रोल इन्जिनको साथ स्मार्ट हाइब्रिड प्रविधिको प्रयोग गरिएको छ । यसमा Li-ion व्याट्रि रहेको हुन्छ । के१५ इन्जिनले 77KW@6000rpm को शक्ति प्रदान गर्दछ । भने यसको अधिकतम टर्क 138Nm@4400rpm रहेको छ । साथै एक्स१६ मा ५ म्यान्युयल तथा ४ अटोमेटिक ट्रान्समिसनको विकल्प रहेको छ । 

सुरक्षा

यसमा ५ औं पुस्ताको प्ल्याटफर्म, फन्टल अफसेट इम्प्याक्ट, साइट इम्प्याकट र बटुवा सुरक्षा जस्ता सुरक्षालाई समायोजना गरिएको छ । साथै यसमा एयर व्याग, एबीएस को साथ ईबीडी, फ्रन्ट सिट बेल्टको  साथ प्रि– टेन्स्नरस् र फोर्स लिमिटर्स् आईएसओएफआईएक्स चाइल्ड सिट, स्पिड वार्निङ्ग अलार्म, रिभर्स पार्किङ्ग सेन्सर जस्ता अद्वितीय सुरक्षा सुविधा विद्यमान रहेको छ । 

मूल्य 

एक्सएल६ Xeta को मूल्य ४६ लाख ९९ हजार तथा Alpha को मूल्य ४६ लाख ९९ हजार तोकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप