बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

तीन जना बालकको कपाल मुण्डन गरी गाउँ घुमाउने वडा अध्यक्षले मागे सार्वजनिक रुपमा माफी

बुधबार, ११ भदौ २०७६, २१ : ३६
बुधबार, ११ भदौ २०७६

रौतहट – कलैया उपमहानगरपालिका वडा नम्बर १२ का वडाअध्यक्ष राजेश्वरप्रसाद केशरीले जिल्ला प्रहरी कार्यालयमा बुधवार गाँउलेहरुको अगाडि पीडितसँग सार्वजनिक रुपमा माफी मागेका छन् ।
चकलेट चोरेको आरोपमा तीनजना नाबालकलाईकपाल मुण्डन गरी गाँउ घुमाएको समाचार रातोपाटीमा प्रकाशित भएपछि बाध्य भई वडा अध्यक्ष केशरी बुुधवार प्रहरीको रोहवरमा पीडित नाबालकहरुका बुवासँग सार्वजनिक माफी मागेका हुन ।

भदौ २ गते स्थानीय हिरा साहको पसलबाट सोही गाँउका ३ जना नबालकले चकलेट चोरी गरेको आरोपमा वडाअध्यक्ष केशरीले उनीहरुको कपाल मुण्डन गराई गाँउ घुमाएका थिए । प्रहरी कार्यालयमा आज पीडित र पीडक पक्षबीच भएको छलफलमा वडाअध्यक्ष केशरीको तर्फबाट मन्द्रिका साह बनिया, र पीडितहरुको तर्फ पुर्व गाविस उपाध्यक्ष सहिम हवारीको फैसला अनुसार उनले माफी मागेको थिए ।

वडा अध्यक्ष केशरीले गल्ती स्विकार गरी सार्वजनिक रुपले माफी मागे सँगै विवाद साम्य भएको जिल्ला प्रहरी कार्यालय बाराका निमित प्रमुख डिएसपी रंजितसिंह राठौरले जानकारी दिए । 
समाचार प्रभाव

                    

  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप