शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सरकार छाड्ने समाजवादीको ‘घुर्की’

बिहीबार, १२ भदौ २०७६, ०६ : ४२
बिहीबार, १२ भदौ २०७६

सत्तारुढ दल समाजवादी पार्टीले सरकार छोड्ने ‘घुर्की’ देखाइरहेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षसमेत रहेका केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी समाजवादीले ‘विगतको सहमति कार्यान्वयन नभएको’ भन्दै सरकार छाड्ने घुर्कीलाई निरन्तरता दिएको हो ।

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्रीसमेत रहेका समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवले सार्वजनिक कार्यक्रममै ‘विगतको सहमति कार्यान्वयन नभएको’ भन्दै सरकार छोड्ने चेतावनी दिइरहेका छन् । यो समाचार आजको राजधानी दैनिकमा सुभाष साहले लेखेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप