शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बौद्धबाट ८३ केजी रक्तचन्दन बरामद, २ जना पक्राउ

बिहीबार, १२ भदौ २०७६, १० : ५६
बिहीबार, १२ भदौ २०७६

काठमाडौं । प्रहरीले प्रतिबन्धित रक्तचन्दनसहित बुधबार साँझ २ जनालाई बौद्धबाट पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मुगुका ६० वर्षीय खेम्बा लामा र २० वर्षीय नोर्बुम तामाङ रहेका छन् । 

महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख डीएसपी नगेन्द्र चन्दले खेम्बा  र नोर्बुम पक्राउ गरेको पुष्टि गर्दै उनीहरुको साथबाट ८३ केजी रक्तचन्दन बरादद गरिएको जानकारी दिए । 

विशेष सुराकीको आधारमा प्रतिबन्धित रक्तचन्दनसहित पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । नेपालमा रक्तचन्दनलाई प्रतिबन्ध लगाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप