शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रिसव गौतमको पुस्तक ‘बैंक–वित्त क्षेत्र र अर्थतन्त्र’ बजारमा

बिहीबार, १२ भदौ २०७६, ११ : ०५
बिहीबार, १२ भदौ २०७६

काठमाडौ ।  आर्थिक लेखक रिसव गौतमको ‘बैंक–वित्त क्षेत्र र अर्थतन्त्र’ नामक पुस्तक बजारमा आएको छ ।

 बिजनेस पाटी मिडिया प्रालिले बजारमा ल्याएको पुस्तकमा मुलत ‘क’ बर्गका २८ बाणिज्य बैकहरुको प्रोफाइल समेटिएको छ । पुस्तकमा विकास बैक, फाइनान्स कम्पनी, लघुवित्त कम्पनी, बिमा कम्पनी, रेमिटयान्स कम्पनी र सहकारीहरुबारे पनि प्रकाश पारिएका छन् ।

 पुस्तकको अर्को खण्डमा गौतमले नेपालको वित्तीय क्षेत्रबारेको विश्लेषणात्मक लेख रचनाहरु समेटेका छन् । आम मानिसमा वित्तीय पहूँच र चेतना अभिवृद्धि होस्, बैक वित्तीय क्षेत्रले प्रदान गर्दै आएका विभिन्न किसिमका सेवा सुविधाहरुबारे र उनीहरुको पृष्ठभुमि समेत जान्न सकियोस् भन्नका लागि पुस्तक लेखिएको लेखक गौतमले बताए । 

बैकहरुको प्रोफाइल समेटिएको पुस्तक नेपालको सन्र्दभमा पहिलो भएको समेत गौतमले बताए । 

बिजनेसपाटी डटकमका सम्पादक समेत रहेका लेखक गौतमले भने, ‘पुस्तकबाट नेपालको बैंक वित्तीय क्षेत्रबारे समग्रतामा जानकारी हासिल गर्न सकिने छ भन्ने मलाई लाग्छ ।’ 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप