शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बौद्धबाट ८३ किलो रक्तचन्दन बरामद

बिहीबार, १२ भदौ २०७६, १४ : ०४
बिहीबार, १२ भदौ २०७६

काठमाडौं– बौद्धको रामहिटीबाट प्रहरीले ८३ किलो रक्तचन्दनसहित दुई जनालाई पक्राउ गरेको छ । 

घरमा राखिएको रक्तचन्दनसहित बुधबार राति च्याङ्बा लामा र योन्देन ग्याङ्जु तामाङलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत बौद्धका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताए । 

महानगरीय प्रहरी वृत्त बौद्ध र केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को संयुक्त टोलीले च्याङ्बा लामाको घरमा राखिएको उक्त रक्तचन्दन बरामद गरिएको हो । उक्त रक्तचन्दन कसको हो र कसले ल्यायो भन्ने विषयमा अनुसन्धान भईरहेको बताइएको छ ।  

रक्तचन्दनसहित पक्राउ परेका उनीहरुलाई जिल्ला वन कार्यालय बुझाउने तयारी भईरहेको प्रहरीले जानकारी दिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप