पोखराबाट ‘गुञ्जन’ को छायाँकन सुरु
काठमाडौँ – द्वन्द्व निर्देशक अष्ट महर्जनको निर्देशन रहने फिल्मको छायाँकन पोखराबाट सुरु भएको छ । मंगलबार पोखराको बिन्ध्वासिनी मन्दिरमा शुभमुहूर्त गर्दै फिल्मको छायाँकन सुरु गरिएको निर्देशक महर्जनले बताए ।
अष्ट यसै फिलमबाट निर्देशनमा होमिएका हुन् । एक्शन लभस्टोरी जनराको ‘गुञ्जन’मा सारा श्रीपाली, सरोज खनाल, हिउँवाला गौतम, कविर खड्का, रोहन शाहीको अलवा नव अभिनेता प्रितमराज सेन्चुरी को मुख्य भूमिका रहनेछ ।
ए.एच इन्टरटेन्मेन्टको ब्यानरमा हिराकृष्ण शाहीको प्रस्तुति र सुनीता शाही निर्माता रहेको फिल्मको छायाँकार राजेश श्रेष्ठ हुन् । कविराज गहतराजको कोरियोग्राफी रहने फिल्मको स्क्रिप्ट महेश दवाडीले तयार पारेका हुन् । फिल्ममा संगीत अर्जुन पोखरेल र कल्याण सिंहको रहनेछ ।
करिब दुई दशक फिल्मको द्धन्द्ध निर्देशन अनुभव भएका अष्टले आफ्नो फिल्मबाट दर्शकले भरपुर मनोरञ्जन पाउने बताए । फिल्म फागुनको तेश्रो सार्वजनिक प्रदर्शनमा आउने बताइएको छ ।