शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एमजीको ‘सानदार दशैं तिहार’ योजना

बिहीबार, १२ भदौ २०७६, १९ : ०८
बिहीबार, १२ भदौ २०७६

काठमाडौं– नेपालका लागि एमजी गाडीहरुको अधिकृत विक्रेता पारामाउन्ट मोटर्सले  चाडपर्व अफर ‘सानदार दशैं तिहार’ को घोषणा गरेको छ । 

नेपालीहरुकोको महान पर्व दशैं र तिहारको अवसरमा ‘धुमधाम दशैं तिहार एमजी मा छ सानदार उपहार’ नारा सहित दशैं र तिहारको खुसीयालीको अवसरमा घोषणा गरिएको यस स्किममा ग्राहकहरुका लागि थुप्रै फाइदाहरु र अफरहरु रहेको छ । 

एमजी गाडीको खरिदमा ग्राहकहरुले २.५ लाखसम्मको नगद छुट, निशुल्क बीमा, १ वर्षसम्म फ्रि रोड ट्याक्स तथा फ्रि एक्सेसरीज पाउनेछन् । 

यस्ता मुख्य सुविधाहरु कम्पनीले आफ्ना ग्राहकको खुसीको लागि ल्याउने गरेको छ । यो चाडपर्वको सिजनमा एमजीको गाडीसँग खुसी सट्दै आफ्नो जिवनशैलीलाई उच्च बनाउन सकिने कम्पनीले बताएको छ ।

साथै एमजी जेडएस इभीको पनि बुकिङ धमाधम भइरहेको छ र ग्राहकहरुलाई चाडै यस गाडी उपलब्ध गराउने कम्पनीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप